आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनकपुर पुगे प्रचण्ड, देउवा पनि जाने

प्रकाशित
279
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन्। त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन् ।पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँठाउँमा गर्दै छ ।

चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला गठबनधनका नेताहरू चुनावी अभियानमा छन् ।बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा भएको निर्वाचन आचारसंहिताबारे छलफलमा स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि नागरिक समाजले प्रभावकारी अनुगमनसमेत गर्ने भएको छ ।

अहिले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै उनीहरुले अनुगमनमा देखिएका विषयलाई मानवअधिकार आयोगको कार्यालयमा हेल्प डेस्कमार्फत सूचना प्रवाह गर्ने बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगका नेपालगञ्जका प्रमुख झङ्कर रावलले हेल्पडेस्क स्थापना गरी निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिको अनुगमन गरी सरोकार भएकाको ध्यानाकर्षण गराइने जानकारी दिए।

मानवअधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनीतिक दल, मिडिया, उम्मेदवारलगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताए।

संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतिकरण गरेका थिए।

छलफलमा नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, नियोकका प्रदेश संयोजक सुरेश गौतमलगायतले निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढी भइरहेकाले त्यसलाई न्यूनीकरणमा जोड दिएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ