आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अख्तियारको छानबिनमा रहेका अधिकारी भरतपुरको उपमेयर उम्मेदवार

प्रकाशित
378
SHARES

चितवन। अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका चित्रसेन अधिकारीलाई सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ । अधिकारीमाथि भरतपुर–२१ को वडाध्यक्ष रहेका बेला वडाको विकास निर्माणमा अनियमिमता गरेको आरोपमा छानबिन चलिरहेको छ।

अधिकारीले उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै हेटौंडा अख्तियारको टोलीले असोज २०७८ मा वडामा पुगेर आवश्यक कागजात जफत गरेको थियो। अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापतिसमेत हुन्।

अझै पनि यो मुद्दा अख्तियारमा विचाराधीन नै रहेको अवस्थामा उनलाई सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार बनाएको हो। उनको फाइल अख्तियार हेटौंडा कार्यालयले केन्द्रमा पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी ९उपसचिव० विष्णु सापकोटाले जानकारी दिए।

उजुरीमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार भएको छ। आवश्यक निर्णयका लागि केन्द्रमा पठाएका छौँ, उनले भने। अनियमितताको मुद्दा अदालतमा दर्ता भइनसकेकाले उम्मेदवार बन्न अप्ठ्यारो भने नहुने उनले बताए । कांग्रेसबाट जितेको वडाध्यक्ष भए पनि उनी भरतपुर महानगरमा तत्कालीन मेयर रेणु दाहालका निकट थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौंडाको टोलीले गत वर्ष वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा रहेको सिभिल बैंक भरतपुरको खातामा विकासको रकम हालेको भन्दै बैंक स्टेटमेन्ट नियन्त्रणमा लिएको थियो ।

उपभोक्ता समितिले अधिकारीको खातामा पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैँया गरी दुई लाख ३ हजार रुपैयाँ विकास निर्माणको रकम जम्मा गरेको बैंक स्टेटमेन्टबाट देखिएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हैटौँडाका जनकप्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलको दुर्गाबहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो ग्राभेल गरी स्तरान्नति गर्न वडा अध्यक्ष चित्रसेन अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।

उपभोक्ता समितिमार्फत नै वडा अध्यक्ष अधिकारीले पटकपटक पैसा लिई गुणस्तरहीन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको हो।

अधिकारीले विकास निर्माणका सबै साना ठूला आयोजनामा बजेटअनुसार कोटा तोकी रकम असुली गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए ।

आफ्नै हार्डवेयरबाट समान लिन दबाब: अधिकारीले आफैंले डोजर र हार्डवेयर सञ्चालन गरेका छन् । वडाको निकास निर्माणको काममा उनकै डोजर प्रयोग गर्न दबाब दिने मात्रै हैन, उनको हार्डवेयरबाट रड, सिमेन्ट लगायतका सामाग्रीहरू खरिद गर्न उनले दबाब दिने गरेको एक उपभोक्ता समितिका सदस्यले बताए ।

उनको पसलबाट सामान लैजाने र उनको डोजर प्रयोग गर्ने शर्तमा मात्र उनले विकासका टुक्रे योजनाका लागि बजेट दिने नभए अनेक तरिकाले दुःख दिने गरेको उनको भनाइ छ ।

माओवादीसँग गठबन्धन गरेर उपमेयरको उम्मेदवार बनेका अधिकारीले कम्युनिष्टहरू बढी भएको क्षेत्रमा विकास लागि रकम दिँदैनन् ।

पुरानो पहारिलोटार, मनिपुर, कञ्चनवस्ती क्षेत्रमा उनले पाँच वर्षमा बजेट नदिएको गुनासो स्थानीयको छ । उनले शंकरचोक प्रावि रतनपुरलाई कक्षा ५ बाट घटुवा गरेर कक्षा ३ मा झारेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन्।

उनी निजी विद्यालय प्याराडाइज इंग्लिस स्कुलका सञ्चालकसमेत हुन् । सरकारी विद्यालय फस्टाउन नदिने, दुःख दिने र नीजि विद्यालयमा आउन बाध्य पार्ने खेलमा अधिकारी लागेको उनीमाथि आरोप छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ