आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

प्रकाशित
284
SHARES

काठमाडौ। वीरेन्द्रनगर नगरपालिका उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगलागी गरेको छ।

कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटेलअगाडि पार्किङ गरी राखेको गाडीमा आगलागी गरेका हुन्।

त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंकअगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ।

मिनी बस एमालेको चुनाव प्रसार–प्रचारमा प्रयोग हुँदै आएको थियो।

आगलागीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनी बसको सिसा र भित्रका सिटमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले बताए।

शंकास्पद पाँचजना व्यक्तिलाई नियन्त्रणमा लिएको एपी विष्टले बताए ।

दरबाङ सडकखण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका– ६ डम्मरामा दुई सवारीसाधनमा आगजनी भएको छ।

सडकमा पार्किङ गरी रोकेर राखिएको ध.१ज ९८६ नम्बरको भ्यान र ध.१ज ७२६ नम्बरको ट्याक्सीमा अज्ञात व्यक्तिले बिहीबार बिहान करिब ४ बजे आगजनी गरेकाे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्र गुरुङका अनुसार सवारीसाधनमा आगजनी गर्ने व्यक्तिहरूको पहिचान भएको छैन।

बुधबार बेलुका करिब ७ बजे दुवै सवारीसाधन एक–आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि सवारीसाधनमा भएको क्षति दुवै पक्षले एक–आपसमा व्यहोर्ने गरी मिलापत्र भएको थियो।

दुवै सवारीधनी स्थानीयवासी नै भएकाले दुवै सवारीसाधनलाई डम्मरामा सडकमा नै पार्किङ गरिएको थियो। तर, दुवै सवारीसाधनमा आगजनी भएपछि घटना रहस्यमय बनेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ