आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या गर्न रूसी सैनिक राष्ट्रपति भवनमा

प्रकाशित
6.2K
SHARES

काठमाडौ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले राष्ट्रपति र उनको परिवारलाई युद्धको सुरुमै पक्रन रुसी सेना उनको घरमा पुगेको दाबी गरेका छन्।

रिपोर्टका अनुसार २४ फेब्रुअरीमा युद्ध सुरु हुने बित्तिकै रुसले जेलेन्स्की र उनको परिवारलाई पक्रने र मार्ने प्रयास गरेको थियो तर असफल भयो।टाइम म्यागजिनले इनसाइड जेलेन्स्की वर्ल्ड शिर्षकमा अन्तर्वार्ता प्रकाशित गरेको छ।

यसमा, जेलेन्स्कीका चीफ अफ स्टाफ एन्ड्रे यर्माकले दावी गरे कि रूसी सेना राष्ट्रपति र उनको परिवारलाई पक्रन आएको थियो। उनले भने- रुसी सैनिक कीभमा प्रवेश गरे, उनीहरू जेलेन्स्की र उनको परिवारलाई कुनै पनि हालतमा कब्जा गर्न चाहन्थे।

चीफ अफ स्टाफ एन्ड्री यर्माकका अनुसार रुसी सैनिकले कार्यालय परिसरमा दुई पटक प्रवेश गर्ने प्रयास गरेका थिए। राष्ट्रपतिका गार्डहरूले परिसरलाई सुरक्षा दिने प्रयास गरेका थिए।

उनले भने- त्यो रातभन्दा पहिले हामीले फिल्ममा मात्रै यस्ता कुरा देखेका थियौं। यो चाँडै स्पष्ट भयो कि जेलेन्स्की लक्ष्य थिए र राष्ट्रपति कार्यालय अब सुरक्षित छैन। उनले जेलेन्स्कीको कार्यालय र घरबाहिर बन्दुकको आवाज सुनिएको बताए।

राष्ट्रपतिसँगै उनकी श्रीमती, १७ वर्षीया छोरी र ९ वर्षीय छोरा पनि थिए। सुरक्षाकर्मीले गेटमा ब्यारिकेड र प्लाइवुड बोर्ड लगाएर क्याम्पस सिल गरेका थिए। त्यतिकैमा भित्र उपस्थित गार्डले बत्ती निभाइदिए।

उनीहरूले जेलेन्स्की र उनका सहयोगीहरूका लागि बुलेट प्रुफ ज्याकेट र असल्ट राइफलहरू ल्याए। हतियार चलाउन जान्ने तीमध्ये थोरै मात्र थिए।यसअघि जेलेन्स्कीले भिडियो सार्वजनिक गर्दै भावुक अपील गरेका थिए।

उनले भनेका थिए– ‘म, मेरो परिवार र मेरा छोराछोरी सबै युक्रेनमा छौं। तिनीहरू देशद्रोही होइनन्, तिनीहरू युक्रेनका नागरिक हुन्। युक्रेनका राष्ट्रपतिले भनेका थिए ‘मलाई थाहा भएको छ कि म रुसको पहिलो निशाना हुँ,

जबकि मेरो परिवार उनको दोस्रो निशाना हो।’ भोलोदिमिर जेलेन्स्कीले भने कि रुस युक्रेनलाई राजनीतिक रूपमा नष्ट गर्न चाहन्छ।

युद्ध सुरु भएपछि अमेरिकाले जेलेन्स्कीलाई सकुशल बाहिर निकाल्ने प्रस्ताव राखेको थियो। यद्यपि, जेलेन्स्कीले प्रस्ताव अस्वीकार गरे। उनले भनेका थिए, मलाई भाग्नको लागि बाटो होइन हतियार चाहिएको हो।

रिपोर्टहरूका अनुसार युद्धको समयमा धेरै पटक जेलेन्स्कीलाई मार्न प्रयास गरियो। आज युद्धको ६७ औं दिन हो। दुवै देशले धेरै पीडा भोगे पनि आक्रमण रोकिने नाम लिइरहेको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ