आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सन्दीप क्षेत्रीले रेणु दाहालको नाम लिदै गरिदिए यस्तो घोषणा, नेताहरु सबै चकित

प्रकाशित
1.3K
SHARES

चितवन। मैले पहिले देखेको चितवन र अहिले देखेको चितवनमा परिवर्तन अवश्य पनि महसुस गरेको छु । म रेनु दिदीलाई रेनु दाहाल नभनिकन मात्र रेनु दिदी भन्छु । दाहाल भन्दा कताकता बुबासँगको सम्बन्ध जोडिएर आउँछ ।

तर म कमरेड प्रचण्डज्यूलाई के भन्न चाहन्छु भने ढुक्क हुनुस् । छोरी गजबको पाउनु भएको छ ।म आजपनि कुनै पार्टीको साधारण सदस्यता पनि लिएको छैन । मलाई काँग्रेस कम्युनिस्ट, एमालेको फोटोकपी पनि थाहा छैन ।

त्यही भएर मैले सबैलाई नमस्कार गरेँ । कसलाई कसरी सम्बोधन गर्छन् त्यो पनि थाहा छैन । मैले मेरी आमालाई यहाँ कार्यक्रम जानुअघि फोन गरेर सोधेँ दिदी (रेनु)को यस्तो कार्यक्रम रहेछ । मैले गएर बोलौँ कि जस्तो लागेको छ ।

के गरौँ भन्दा मेरो आमाले भन्नुभयो । पार्टीको लागि होइन । कुनै संगठनका लागि होइन । तैले देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेको छ । बोल्दा केही फरक पर्दैन भनेर भन्नुभयो । त्यसपछि मलाई ढुक्क भयो । म आएँ । म तपाई (रेनु)लाई एउटा कुरा भन्न चाहन्छु ।

मैले तपाईंलाई दिदी भनेर सम्बोधन गर्दा मलाई मेरी दिदीबहिनीले भाइटिका लगाइ दिएको सम्झिना आउँछ । मेरा दिदीबहिनीले जब मलाई भाइटिका लाइदिए । पानीको घेराले मलाई घेरेर राखे । ताकि मलाई कुनै किसिमको सङ्कट नआओस् भनेर ।

मेरा दु:ख कस्टलाई ओखरमा राखेर बडाम्म फोरिदिए । ताकि मलाई कुनै दुःख कष्टले नछोओस् भनेर । मेरो निधारमा सप्तरङ्गी टिका लाइदिए । ताकि खुसीका हरेक रङ्गहरू मेरो जीवनमा आओस् भनेर । कहिल्यै नओइलाउने मखमली फूल माला लगाइदिए ।

ताकि मेरो जीवनमा त्यो फूलको सुगन्ध रहिरहोस् भनेर। म दिदीलाई यही भन्न चाहन्छु। मैले तपाईंलाई दिदी भनि राख्दाखेरी चितवनका प्रत्येक मान्छेले भाइको अपेक्षा गरेका छन् । चितवन आफैमा तपाईंको भाइ हो । एउटा दाइ हो । तपाई एउटा यस्तो घेरा कोर्नुस्।

चितवनका हरेक मानिसले हरेक तरिकाबाट आफूलाई सुरक्षित महसुस गरोस् । सांस्कृतिक, भौतिक, व्यवहारिक सबै रूपले उहाँहरूलाई सुरक्षितको अनुभूति गराउनुस् । उहाँहरूको दुःख कष्ट मेरा दिदीबहिनीको जस्तो ओखरमा राखेर फुटाएका थिए, त्यसरी बडाम्म फुटाउनुस्।

सप्तरङ्गी टिका उहाँहरूको निधारमा लगाइदिनुस् । चितवनका हरेक मानिसले हरेक किसिमको सुख भोग गर्न पाओस्। र, यो चितवनको गलामा यस्तो मखमली माला लगाइदिनुस् दिदी यसको शान जहिले पनि बर्करार रहिरओस् ।

चितवनले प्रत्येक पटक भन्न पाओस् – दिदी पाएँ रेनु जस्तो ।तपाईंलाई मेरो इष्ट, मेरो कुल, मेरो पितृको आसिस लागोस्। तपाईले गर्न खोजेका काममा निम्ति शुभकामना दिन चाहन्छु । तर यो भन्दाभन्दा भन्दै फेरि भन्न चाहन्छु ।

म कुनै झण्डाको मान्छे होइन भाइ । म कुनै पार्टीको मान्छे होइन । तपाईले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको मन्छे हुँ। भोको मान्छे हुँ । केही दिँदा बडा खुसी लागेको हो ।

मैले भने मेरो कुल, मेरो इष्ट, पितृको आसिस लागोस् तपाईंलाई। तर फेरि सचेत गर्न चाहन्छु । केही गलत गर्नुभयो भने मेरै कुल, मेरै इष्ट, मेरै पितृको सराप पनि लाग्न सक्छ दिदी। त्यसकारण होसियार हुनुहोला।

बहुत विश्वास गरेको छु। विश्वास कायम गरिदिनुहोला। जय होस् सबैको। जय चितवन ।चितवनमा आयोजित सत्ता गठबन्धनको आमसभाको कलाकार सन्दीप क्षेत्रीले राखेको मन्तव्य।

प्रतिक्रिया

आजको ट्रेन्डिङ