आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आईजीपी नियुक्ति बिरुद्दको मुद्धामा सर्वोच्चले जारि गर्यो यस्तो कडा आदेश

प्रकाशित
6.5K
SHARES

काठमाडौं। आफू आईजीपी हुनुपर्ने माग गर्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ।वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले मुद्धा हालेका थिए।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ। सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ।

अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ।यस्ते किसिमको मुद्धामा यसअघि सरकारले गरेको नियुक्ती सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो।

जयबहादुर चन्दलाई सरकारले आईजिपी बनाएपछि नवराज सिलवाल अदालत पुगेका थिए। जसका कारण आईजिपीमा नियुक्त भएको भोलिपल्टै जयबहादुरलाई काम नगर्न सर्वोच्चले रोक लगाएको थियो।

गत आइतबार मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो । त्यसविरुद्ध एआईजी पोखरेल सर्वोच्च पुगेका थिए । हिजो र आज गरी दुई दिन बहस चलेको थियो ।

के छ आज सर्वोच्चले जारी गरेको आदेशमा?

प्रतिक्रिया