आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतिय प्रधानमन्त्री मोदी नेपाल आउदै, मिति नै तोकियो

प्रकाशित
484
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ।

प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लाग्नुभएको हो।

जेठ २ गते बुद्ध पूर्णिमा बुद्ध जन्मजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमण गर्ने योजना बनाएको युनेस्कोले जनाएको छ।

सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित भएपछि हुन लागेको उहाँको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो। सो अवसरमा नेपालका प्रधानमन्त्री देउवा र उहाँका समकक्षी मोदी दुवै जना लुम्बिनीमा हुने समारोहमा सहभागी हुनुहुने जनाइएको छ।

लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । तथापि यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी छ।

भारतका प्रधानमन्त्री मोदी कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुहुनेछ ।कोभिड–१९ महामारीको पछिल्लो प्रकार ओमिक्रोन संस्करण केही मत्थर भएसँगै भारतका प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्नुभएको छ ।

यतिबेला उहाँ युरोप भ्रमणमा रहनुभएको छ। त्यहाँबाट फर्केलगत्तै नेपाल भ्रमणमा आउन लाग्नुभएको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ । आफ्नो अघिल्लो कार्यकालमा उहाँ चार पटक नेपाल भ्रमणमा आउनुभएको थियो।

जसअनुसार दुई पटक सन् २०१४ र दुई पटक सन् २०१८ मा नेपाल आउनुभएको थियो । सन् २०१४ को नेपाल भ्रमणताका नै लुम्बिनी भ्रमण गर्ने इच्छा जाहेर गर्नुभएको थियो ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ