आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

प्रकाशित
406
SHARES

काठमाडौ। नेकपा एमाले मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ।

मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यतासमेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो।

उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक हुनुहुन्थ्यो। पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी हुनुहुन्छ।

वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिनुभएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ।

बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ।

वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताउनुभयो।

त्यस्तै, महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज शनिबार मध्यान्न ३ बजे बस्ने भएको छ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेले उम्मेदवारी टुंगो लगाउन आज शनिबार ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट बैठक बस्ने भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो।

पार्टीले महानगर र उपमहानगरपालिकाको उम्मेदवारी टुंगो लगाएसँगै अन्य ७५३ वटै स्थानीय तहमा तत्काल उम्मेदवारीको नाम सार्वजनिक गर्ने तयारी समेत गरेको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो।

प्रमुख दल मध्ये नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मध्यान्न ३ बजेनै बैठक बस्ने भएको छ। यो समितिले उम्मेदवारी टुंगो लगाउने पार्टीले जनाएको छ।

अन्यदलले समेत उम्मेदवारीलाई टुंगो लगाउने गरी तयारी सुरु गरेको पाइएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम सार्वजनिक गरी सकेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ