आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो छ आजको मौसम समबन्धि ताजा जानकारी

प्रकाशित
395
SHARES

काठमाडौँ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।

देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ।

देशको पहाडी भूभागका केही स्थानहरूमा र बाकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै रातिमा भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ।

देशको पहाडी भूभागका केही स्थानहरूमा र बाकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ