आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सशस्त्रका आईजीपी अर्याल राजनीतिक नेतृत्वसामु निरीह

प्रकाशित
5.6K
SHARES

काठमाडौँ। सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक डीआईजी नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो।

सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्।

वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामु निरीह देखिएका छन्।

संगठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा बढुवा गर्ने प्रतिबद्धता जनाएका अर्याल सुरुवातमै वेथितिको साझेदार बनेका छन्। उनी सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले अमूक अधिकारीको फाइदाका लागि योजनाबद्धरुपमा एकल बढुवा सिफारिस गरेको हो।

सशस्त्रमा रिक्त दुई एआईजीमा बढुवाका लागि चार जना डीआईजीले आवदेन दिएका थिए। पौडेलसहित चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानको आवेदन परेको थियो।

प्रधानले एआईजी बढुवाका लागि निवेदन दिए पनि आवेदकमध्ये कनिष्ठ भएका कारण उनको सम्भावना कम थियो। तत्कालीन आईजीपी शैलेन्द्र खनालले अवकाश पाएपछि पुष्पराम केसी आईजीपी भएका थिए।

आईजीपी हुनेवित्तिकै केसीले राजु अर्याललाई एआईजीमा सिफारिस गरे। आइतबार केसीसँगै एआईजी रामशरण पौडेलसमेत अवकाश भए। आइतबार नै अर्याललाई सरकारले सशस्त्रको आईजीपीमा नियुक्त गर्‍यो।

अर्याल आइजीपीमा नियुक्ति भएको र पौडेलले अनिवार्य अवकाश पाएपछि सशस्त्र प्रहरीमा दुईवटा पद रिक्त भएको थियो। वरियतामासमेत अघि रहेका डीआईजीहरु पौडेल र गौतम एआईजीमा सहजै बढुवा हुने अवस्था थियो।

वरियता र कार्यक्षमतामा पनि अगाडि उनीहरु आईजीपी अर्यालका व्याची हुन्। एआईजी बढुवाका लागि आवदेन दिएका कनिष्ट दाहाल विभागीय कारवाहीमा परेका विवादित भएकाले उनको सम्भावना थिए।

सबै हिसाबले पौडेल र गौतम रिक्त दुई पदमा स्वभाविक दाबेदार भएपछि ब्याची आईजीपी अर्यालले पौडेललाई बढुवा सिफारिस गर्दा गौतमलाई छुटाए। अर्यालको नेतृत्वमा सशस्त्रमा रिक्त पदमै विभेद गरियो।

यस्तो थियो घटनाक्रम: सशस्त्र प्रहरी बलको एआइजी सिफारिसले नवनियुक्त आइजीपी राजु अर्याललाई शुरुमै धक्का लागेको छ। गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई मात्रै एआईजी बढुवाका सिफारिस गर्न दबाब दिँदा आइजीपी भएको दुई दिनमै धक्का लागेको हो।

विगतमा अर्यालसँगै प्रतिस्पर्धी रहेका डिआइजी चन्द्रप्रकाश गौतम सीपी लाई छुटाएर एकल रुपमा पौडेललाई मात्रै बढुवा सिफारिस गरिएको छ । मन्त्रालयमा बुधबार साँझ बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस पौडेललाई सिफारिस गर्ने निर्णय गरेको थियो।

सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस गरिएको छ। वरियतामा अघि रहेका डीआईजी पौडेललाई मात्रै सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाँणले दबाब दिएको स्रोतले जनाएको छ।

पौडेलपछिको वरियतामा क्रममा रहेका गौतमलाई एआईजीमा बढुवा सिफारिस नगर्न मन्त्रीले दबाब दिँदा बाध्य भएर एक जनालाई मात्रै सिफारिस गर्नु परेको मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

पौडेललाई तीन वर्षपछि आइजीपी बनाउने गरी अहिले एआइजी बढुवा गरिएको पनि स्रोतको दाबी छ। एआइजीको बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका भएपनि उनीहरु मध्ये एकजनालाई मात्रै सिफारिस गरिएको हो।

डीआईजी पौडेलसहित गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए। त्यसमध्ये गौतम आइजीपीकै दावेदार हुन्। तर उनलाई एआइजीमा पनि बढुवा गरिएन। उनको स्थानमा हाल डिआइजी वंशी दाहालले दाबी गरिरहेका छन्।

तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएपछि एआइजीको दुई पद रिक्त भएको थियो।

केसीको ठाउँमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। अर्याल र पौडेलको रिक्त एआईजी पदमा बढुवाको सूचना जारी गर्दा दाहाल र प्रधानले पनि आवेदन हालेका थिए।

अब हुने एआइजीका लागि गौतम र दाहाल मध्ये एक जना एआइजी हुनेछन्। अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए।

तर गौतम उनीहरु भन्दा दुई वर्ष अघि नै भर्ना भएका थिए। नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका गौतमले २०५२ सालमा सेवा प्रवेश गरेका हुन्। भर्नामा अर्याल र पौडेलभन्दा गौतम दुईवर्ष अघि रहेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ