आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दोलखा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, के छ अवस्था ?

प्रकाशित
1.1K
SHARES

काठमाडौ। दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ। भीमेश्वर केन्द्र भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्र रहेर भूकम्प गएको हो।

३.७ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ। यता काठमाडौंमा गए रातिदेखि नै वर्षा भएको छ। आज बिहान पनि वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेकोले वर्षा भएको जनाएको छ।

काठमाडौंसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ।

प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ