आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जाजरकोटमा गोली चल्यो, कांग्रेस माओवादी कार्यकर्ताबीच ग्याङ फाइट

प्रकाशित
8.9K
SHARES

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बिहिबार दिउँसो पौने २ बजे झडप भएको प्रहरीले जनाएको छ।

चुनावी प्रचारप्रसारका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगा मुडा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो।

झडपमा परी कांग्रेसका कुशे-९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले जनाएको छ। स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए।

त्यस्तै,कञ्चनपुरमा पनि नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् ।

भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए ।

उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो ।

‘एमालेको चुनाव प्रचार प्रसार गरिरहेका थियौं, गौरादेवी मन्दिरमा गठबन्धनका नेता कार्यकर्तासँग भेट भयो, घाइते अवस्थीले भने, उनीहरुलाई देखेर हामीहरुले माइकिङ बन्द गरेका थियौं।

अञ्जुको खुट्टा लागेर माइक ‘अन’ भयो, त्यसपछि उनीहरु कुटपिटमा उत्रिए ।माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको एमालेका जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताए।

उनले भने कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै निवदेन दिएका छौं, घाइतेहरुलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं, उनले भने ।

बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए । आज बागफाँटामा माओवादीको र्‍याली थियो।

त्यो र्‍यालीमा एमालेका कार्यकर्ता पुगेछन्,उनले भने, हाम्रो र्‍यालीमा किन आएको भनेपछि विवाद भएको रहेछ ।घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको भन्दै उनले बोलाएर छलफल गर्ने बताए ।

त्यस्तै,नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ।झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ। गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिइन्। पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष थिइन्।

वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा।वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ।

ढुङ्गा हान्न शुरु गरेपछि वडा नम्बर १ मैएक स्थानीयकोघरमा छिरेर ज्यान जोगाउने प्रयास गरेको तर एमाले कार्यकर्ताले घर घेरेर आक्रमण गरेको पाण्डे बताए।

आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते भएकी छन्। झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन्।यो स्थानीय तह निर्वाचनको इपिसेन्टर बनिरहेको चितवनमा कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड गरेका छन्।

चितवनको पूर्वी रत्ननगर नगरपालिकामा गठबन्धन दलहरुबीच विवाद बढिरहँदा कांग्रेस कार्यकर्ताको आक्रोश बढेको हो।वडा तह बाँडफाँटमा गठबन्धन दलहरुबीच असन्तुष्टि बढिरहेकाले बेला कांग्रेसको आक्रोश तोडफोडसम्म पुगेको हो।

बाँडफाट गर्दा वडा नम्बर १२ माओवादी केन्द्रको भागमा परेपछि असन्तुष्ट कांग्रेस कार्यकताहरुले पार्टीको कार्यालय तोडफोड गरेका हुन्।उनीहरुले कार्यालयमा तालाबन्दी गरेका छन्।

कार्यकर्ताहरुले तोडफोडपछि कार्यालयका कुर्सी टेबल र पार्टीको झण्डा सडकमा सडकमा निकालेर फ्याकिदिएका छन्।कांग्रेसले नगर सचिव अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाएर चुनावी प्रचार थालेको थियो।

तर गठबन्धनका क्रममा माओवादीका सुन्दरमणि सुवेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय भएपछि बुधबार बिहानैदेखि कांग्रेसका कार्यकर्ता आक्रोशित भएका छन्।

त्यस्तै,पार्टी हितविपरित कार्य गरेको भन्दै नेकपा एमाले उदयपुरले सात जना नेता कार्यकर्तालाई अनुशासनको कार्वाही गरेको छ।पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टी निणर्य विपरित उमेदवारी दिएका सबैलाई कार्वाही गरिएको हो।

विज्ञप्तिमा त्रियुगा नगरपालिका १ का नारायण ढकाल, रौतामाई गाउँपालिका ३ लाफागाउँका खिलराज राई, उदयपुरगढी गाउँपालिका ५ का बसन्त पौडेल, सोही गाउँपालिका वडा नं २ का इन्द्रबहादुर राउत, बेलका नगरपालिका ९ का तेजमान विक, त्रिनपा ४ का लोकेश कटुवाल र कटारी नपा ४ का भुपेश तामाङ रहेका छन्।

पार्टीका सल्लाहकार सदस्य रहेका ढकालले त्रिनपा १ मा वडाध्यक्षको उमेदवारी दिएका छन्। त्यसैगरी रौतामाई गाउँपालिका कमिटीका उपाध्यक्ष रहेका राईले वडा नं ३ को वडाध्यक्ष, विभागीय सदस्य रहेका पौडेलले उदयपुरगढी गाउँपालिकाको अध्यक्ष, संगठित सदस्य रहेका राउतले उदयपुरगढी २ का वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका छन्।

त्यस्तै लेखा आयोगका सदस्य रहेका बिक बेलका २ का वडाध्यक्ष, नगरकमिटी सदस्य रहेका कटुवाल त्रिनपा ४ का वडाध्यक्ष र वड कमिटी अध्यक्ष रहेका तामाङ्ग कटारी ४ को स्वतन्त्र उमेदवार हुन्।

यसअघि कटारी नगरपालिकामा स्वतन्त्र उमेदवारी दिएकी प्रदेश कमिट सचिवालय सदस्य भिमकुमारी राउतलाई अनुशासनको कार्वाही गरिसको छ। आधिकारीक उमेदवारविरुद्ध बागी उमेदवारी दर्ता गरेको र उम्मेदवारी फिर्ता लिन गरेको अनुरोधलाई अस्वीकार गरी उम्मेदवारी कायम राखेकाले कार्वाही गरिएको अध्यक्ष घिमिरेले बताए।

उनीहरुलाई पार्टीको विधानको धारा ८० को उपधारा (६) अनुसार अनुशासन उल्लंघन गरेको हुनाले धारा ८१ को (१) बमोजिम पदबाट निश्कासन र सदस्यता निलम्बन गरेको घिमिरेले जानकारी दिए।

प्रतिक्रिया