आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले कार्यकर्ताको गुन्दागिरीले सिमा नाग्दै, कांग्रेस उमेदवारको गाडीमा तोडफोड २ जना गम्भीर घाइते

प्रकाशित
3.7K
SHARES

काठमाडौ। नवलपुरमा एमालेका कार्यकर्ताहरुको  गुण्डागिरीले  सिमा नाघेको छ। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उमेदवार चढेको गाडीमाथि एमालेका कार्यकर्ताले तोडफोड गरेका छन्।

त्यसक्रममा अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे र उपाध्यक्षका उमेदवार पूर्णसिंह राना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायव उपरीक्षक सन्तोष पाठकले बताए।

घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ। उनीहरुको टाउकोमा चोट लागेको छ। वडा नं। ३ बाट चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा एमालेका कार्यकर्तासँग जम्काभेट भएको थियो।

त्यस क्रममा भनाभन हुँदा दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।झडप भएपछि नजिकै रहेको घरमा लगेर राखेको गाडीमाथि एमालेका कार्यकर्ताले तोडफोड गरेको नायब उपरीक्षक पाठकले बताए। झपडमा एमालेका ३ कार्यकर्ता पनि घाइते भएका प्रहरीले जनाएको छ।

उनीहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ता र जनताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन अग्रसर भएको भन्दै विगतमा झलनाथ खनाललाई टिकट दिनु गल्ती भएको बताएका छन् ।

झलनाथको गृहजिल्ला इलामको माइ नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सिध्याएर कांग्रेसको पछि लागेकाहरुबाट सचेत हुन र भुलवस बाटो बिराउनेहरुलाई एमालेमा फर्किन आग्रह गरे ।

ओलीले भने, ‘एमालेको भोटबाट, एमालेका कार्यकर्ताको मेहनतबाट चुनाव जितेका झलनाथ खनालहरु आज कांग्रेसको झम्के पुच्छर भएका छन् ।कांग्रेसको जिउमा झिँगा बस्नासाथ झम्के पुच्छर भएर हल्लिने भएका छन् ।

यस्तालाई विगतमा टिकट दिनु मेरो भूल भयो । जनसभालाई एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि सम्बोधन गरेका थिए। त्यस्तै,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् ।

गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गरे ।

पूर्वप्रधानमन्त्री रहेका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गरे। मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ। पाँचै जना (दल) लाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन, उनले भने ।

उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरे। आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ।एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर।

त्यहीँ पनि बहुमत एमालेको। आज देश यस स्थितिमा पुगेको छ, ओलीले भने, एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ।

ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गरे। गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ’ उनले भने।

ओलीले आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला बनाउने दाबी गरे। उनले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत गठबन्धनसँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने बताए।

देशमा परिवर्तनको शंखघोष गर्ने, कांग्रेसलाई त्यो बेला खुट्टा टेकाउन हिम्मत दिने पार्टी र त्यस आन्दोलनको जन्म भएको जिल्ला झापा भएको उनले बताए। त्यो युग परिवर्तनको शंखघोष र आन्दोलन अहिले देशको ठूलो पार्टी एमाले बनेको उनको भनाइ छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ