आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सबैलाई चकित पार्दै बामदेव गौतमले रोजे नयाँ पार्टी

प्रकाशित
2.7K
SHARES

काठमाडौं। राष्ट्रियसभा सदस्य बामदेव गौतमले अन्तिममा आएर पार्टी रोजेका छन्। तत्कालिन नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका गौतमले माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

नेकपा विभाजनपछि लामो समय निश्कृय बनेका गौतम चुनावको मुखैमा एकीकृत समाजवादीमा खुलेका हुन्। स्रोतका अनुसार गौतमलाई नेपालले टिका लगाएरै पार्टी प्रबेश गराउने तयारी गरेका छन्।

नेकपा (एमाले) बाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)को चुनावी गीत लेखिदिएका छन्।

उनको शब्दमा तयार भएको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मंगलबार सार्वजनिक भएको छ। कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा संगीत कृष्ण केसीले दिएका छन्।

गौतम नेकपा विभाजनयता नै पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन्। उनी पूर्व पार्टी एमालेमा पनि फर्किएका छैनन् भने एमालेबाट विभाजन भएर बनेको दल एकीकृत समाजवादीमा पनि प्रवेश गरेका छैनन्।

पछिल्लो समय मौन रहेका गौतमले एकीकृत समाजवादीको चुनावी गीत लेखेका हुन्। स्रोतका अुनसार गौतम नेकपा एसमा प्रवेश गर्ने यो नै पहिलो खुट्किलो हो।

त्यस्तै,सत्तारुढ गठबन्धनलाई फाइदा हुनेगरी भक्तपुर जिल्ला अदालतले एउटा आदेश दिएको छ। ओखलढुंगाका एक अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि एमालेलाई झट्का लागेको छ।

नेकपा (एमाले) बाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। भक्तपुर जिल्ला अदालतले विष्टविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पत्र पठाएको छ।

विष्टविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। अदालतले वैशाख १६ गते नै विष्टलाई पक्राउ गर्न ओखलढुंगा प्रहरीलाई पुर्जी पठाए पनि प्रहरीले अझै उनलाई पक्राउ गरेको छैन।

विष्टविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेको छ। दोहोरो नागरिकता लिएको कुसुरमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ।

विष्टले जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरीमा उल्लेख छ। लिखु गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका हुन्।

निर्वाचन अधिकृत राजेशकुमार थापाले पछि कानुनबमोजिम हुने गरी हाललाई विष्टको मनोनयन पत्र खारेज गरिरहनु नपर्ने भनी निर्णय गरेपछि उनको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ।

निर्वाचन आयोगको मतदाता नामावली सूचीमा विष्टका दुई नाम छन्। आयोगको मतदाता नामावली सूचीमा क्र.सं.१३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उनको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ।

विष्टले २०४७ मा ओखलढुंगा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिएका थिए। त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ।

यी दुवै नागरिकतामा उनको बुवाको नाम गणेशबहादुर विष्ट उल्लेख छ। दुबै नागरिकतामा ठेगाना भने पोकली–४ ओखलढुंगा उल्लेख छ। त्यस्तै,उम्मेदवारहरुको सातो जानेगरी निर्वाचन आयोगले कडा निर्देशन दिएको छ।

आयोगले चुनावी खर्च अत्यधिक बढाएको भन्दै स्थानीय तह निर्वाचनका उमेदवारहरूलाई बैंकमार्फत खर्च गर्न कडा निर्देशन दिएको हो।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै आचारसंहितामा बैंक वा वित्तीय संस्थामा खाता खोली निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था भए पनि सोअनुसार नभएको भन्दै आयोगले ध्यानाकर्षण गराएको हो।

आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने, पच्चिस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी आचारसंहितामा व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाइ दिई उमेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था राखिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ