आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काभ्रेमा घट्यो डरलाग्दो घटना ५ जनाको घटनास्थलमै मृत्यु १९ जनाको अवस्था गम्भीर

प्रकाशित
846
SHARES

काठमाडौ। काभ्रेको रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ। बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका-६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका-३ की सम्झना भुसाल,

र उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोसी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका-४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल रहेका छन्।

दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु हुन्। त्यस्तै दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोक्किएका हुन्।

त्यस्तै, मकवानपुर र गोरखामा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा लोडर पल्टिँदा तीन चिनियाँ मजदुरको मृत्यु भएको छ।

दुर्घटनामा दुई चिनियाँ र एकजना नेपाली घाइते भएका छन् । फास्ट ट्रयाकअन्तर्गत पर्ने मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका–११ स्थित जितपुर भञ्ज्याङनजिकै भएको दुर्घटना भएको हो।

पोली च्याङ्ग्दा इन्जिनियर कम्पनी प्रालिले ठेक्का पाएको फास्ट ट्रयाकअन्तर्गत जितपुर भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि उत्खनन गरिएको माटो फाल्ने क्रममा लोडर चिप्लिएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने र घाइते भएका चिनियाँ मजदुरहरू पोली च्याङ्ग्दासँग आबद्ध छन् । दुर्घटनामा एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले मृत्यु भएकाको सनाखत र घाइतेको नाम नखुलेको बताए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । दुईजना सामान्य छन् । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, गोरखाबाट बेहुली लिएर चितवन जाने क्रममा जिप दुर्घटना हुँदा तीनजना जन्तीको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटेको फिरफिरेभिरमा सोमबार साँझ साढे ४ बजे भएको बा.१४च ७८१ नम्बरको स्कार्पियो जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले बताए ।

मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका– ६ चनौटेका ५० वर्षका देवीप्रसाद पोखरेल, लमजुङ दुराडाँडा घर भई हाल काठमाडौं महानगरपालिका– १६ बस्ने ५१ वर्षका कमल न्यौपाने र कावासोती–१४ का ८० वर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले जानकारी दिए ।

चालकले ओरालोमा जिप स्टार्टमा राखेर यात्रु चढाउन थालेको, तर आफूभित्र नबस्दा जिप गुडेर भिरबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

साँझ अबेर जिल्ला प्रहरी कार्यालयबाट डिएसपी लीलाराज लामिछाने नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिका १ नक्कलेमा शुक्रबार बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। प्रदेश बागमती–०१–०२६ च–०४५६ नम्बरकाे बोलेरा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरू तीनपाटन गाउँपालिका ९ आम्बाेटेका रामजीप्रसाद भण्डारी, कमलामाई नगरपालिका ७ की रूपा मगर रहेका छन् । एकजनाको सनाखत हुन सकेको छैन।

घाइते सातजनामध्ये तीनजनाको सिन्धुली अस्पतालमा र चारजनाको तीनपाटन एकजनाकाे बेलघारी स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरिक्षक विमलराज कँडेलले बताए ।उक्त दुर्घटनामा चालकसमेत घाइते भएका छन्।

सामान बोक्ने बोलेरो भए पनि त्यसमा यात्रु र सामान रहेकाे प्रहरीले जनाएको छ। गाडी सडकबाट करिब एक सय मिटर तल खसेको छ। चालक सकुसल भएकाले के कारणले दुर्घटना भएको हो भन्ने छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ