आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेइजिङमा दर्जनौं मेट्रो स्टेसन र बस मार्ग बन्द

प्रकाशित
407
SHARES

बेइजिङ। कोभिड फैलिने क्रम नरोकिएपछि बेइजिङमा दर्जनौँ मेट्रो स्टेसन र बस मार्गहरू बन्द गरिएका छन्। सांघाईका लाखौं बासिन्दाहरू अझै एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कडा लकडाउनमा छन्।

चीनको राजधानी बेइजिङले ४० भन्दा बढी सबवे स्टेसनहरू र १५८ बस मार्गहरू बन्द गरेको सेवा प्रदायकहरूले बताएका छन्। बन्द गरिएका अधिकांश स्टेसनहरू र मार्गहरू बेइजिङको प्रकोपको केन्द्रबिन्दु चाओयाङ जिल्लाका रहेको एक्सप्रेस ट्रिब्युनले जनाएको छ।

ताइवानलाई युक्रेनसँग तुलना गरिएपछि चीन आक्रोशित: जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेले अप्रिल १२ मा अमेरिकी अखबार लस एन्जलस टाइम्समा युक्रेन र ताइवानको तुलना गर्दै लेख लेखेका थिए।

लेखमा उनले अमेरिकाले यदि आवश्यक भएमा ताइवानलाई सहयोग गर्न खडा हुनेछ भन्ने स्पष्ट पार्नु पर्ने बताएका थिए। यस लेखको जवाफमा चिनियाँ कन्सुल जनरल झाङ पिङले पत्रिकालाई पत्र लेख्दै शिन्जो आबेको लेखप्रति कडा आपत्ति जनाएका छन्।

लेखको जवाफमा उनले लेखेका छन् – ओप-एड लेखक शिन्जो आबेले गैरजिम्मेवार टिप्पणी गरे, अमेरिकालाई यो स्पष्ट गर्न आग्रह गरे कि ऊ ताइवानको रक्षामा खडा हुनेछ। यो दुई मुख्य देशबीच द्वन्द्व भड्काउने कार्य मात्र हो।

चीनले यस्तो कुरालाई कडाइका साथ अस्वीकार गर्छ। ताइवान र युक्रेनको अवस्था तुलना गर्न सकिँदैन। ताइवान चीनको अभिन्न अंग हो, जहाँ जनवादी गणतन्त्र चीन मात्र कानुनी सरकार हो।

यो एक चीन सिद्धान्तको बारेमा चीन-अमेरिका र चीन-जापान कूटनीतिक सम्बन्धको समयमा नै स्पष्ट पारिएको थियो।ताइवान खाडीमा तनावको मूल कारण ताइवानी अधिकारीहरूले एक चीन सिद्धान्तलाई मान्यता दिन अस्वीकार गर्नु हो।

केही बाह्य शक्तिहरूले “ताइवानको स्वतन्त्रता” को लागि पृथकतावादी शक्तिहरूलाई बढावा दिएका छन्। यो अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताहरूको गम्भीर उल्लङ्घन हो र यसले ताइवानको खाडीमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ