आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको बीचमा रुसी राष्ट्रपतिको अवस्था गम्भीर, यस्तो छ ताजा अपडेट

प्रकाशित
2.5K
SHARES

काठमाडौं। रुस र युक्रेनबीच जारी युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ। रुसले अहिलेसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेको सफलता प्राप्त गर्न सकेको छैन।

तर अहिले यो भीषण युद्धको बीचमा अरु कसैलाई केही समयका लागि रुसको राष्ट्रपति बनाउन सकिने खबर आएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार भ्लादिमिर पुटिनले आफ्नो क्यान्सरको उपचार गराउनुपर्ने भएको छ।

उनको छिट्टै शल्यक्रिया हुने भएको छ। यस्तो अवस्थामा रुसको उक्त अपरेशनको जिम्मेवारी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभलाई दिन सकिन्छ। यसबारेमा अहिलेसम्म कुनै औपचारिक घोषणा नभए पनि विदेशी सञ्चारमाध्यमले यसलाई निरन्तर पुष्टि गरिरहेका छन्।

पछिल्ला केही दिनदेखि भ्लादिमिर पुटिनको स्वास्थ्यलाई लिएर प्रश्न उठिरहेको छ। यो सिलसिला गत महिना सुरु भयो जब पुटिनले रक्षा मन्त्री सर्गेई शोइगुसँग बैठक गरेका थिए।

त्यो भेटको क्रममा एक समय थियो जब पुटिनले अचानक डेस्क समाते। त्यसयता पुटिनको स्वास्थ्यलाई लिएर धेरै किसिमका अड्कलबाजी गरिएको थियो। पछि उनका यस्ता धेरै तस्विरहरु पनि बाहिर आए जसमा उनी निकै बिरामी देखिन्थे।

अब ती सबै अड्कलबाजीका बीचमा केही समयका लागि भ्लादिमिर पुटिनको स्थानमा सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभलाई रुसको राष्ट्रपति बनाउन सकिने बताइएको छ।

पुटिनले सबैभन्दा बढी विश्वास गर्ने व्यक्ति उनी नै हुन्। यस्तो संकेत पुटिनले निकोलाई पत्रुशेभलाई पहिले नै दिएका थिए भन्ने दाबी पनि गरिएको छ। यदि पुटिनको स्वास्थ्य बिग्रियो भने देशको लगाम निकोलाई पात्रुशेभको हातमा जाने उनको भनाइ थियो।

निकोलाई पत्रुशेभको बारेमा सार्वजनिक भएका कुराहरूमा भनिएअनुसार उनी आफ्नो विचारहरुको बारेमा धेरै कडा छन्। धेरै कुरामा उनी पुटिनभन्दा दुई कदम अगाडि पनि हिँड्न सक्छन्।

यस्तो अवस्थामा उनको आगमनपछि रुसको समस्या घट्नुको सट्टा झन् बढ्न सक्छ। पुटिनको स्वास्थ्यको बारेमा खुलासा गर्ने टेलिग्राम च्यानलका मालिकहरूले निकोलाई पात्रुशेभको कार्यशैलीमा पनि गम्भीर प्रश्न उठाइरहेका छन्।

तर यी सबैको बीचमा भ्लादिमिर पुटिन लामो समयसम्म सत्ताबाट टाढा नबस्ने कुरामा पनि रिपोर्टले जोड दिएको छ। उनले राष्ट्रपतिको कुर्सी निकोलाई पात्रुशेभलाई दुई–तीन दिनका लागि मात्र हस्तान्तरण गर्न सक्छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्यान्सरसँगको लडाइँको बारेमा विभिन्न हल्लाहरू फैलिएका छन्। एक नयाँ रिपोर्टले दाबी गरेअनुसार यदि स्वास्थ्य समस्याले उनलाई थप गलाउँदै गयो भने उनले अस्थायी रूपमा कट्टरपन्थी निकोलाई पात्रुशेभलाई सत्ता हस्तान्तरण गर्नेछन्।

यी दावीहरू स्वतन्त्र रूपमा प्रमाणित गरिएको छैन र मस्कोले पुटिनको स्वास्थ्यमा खराबी रहेको कुरालाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ। तर यदि पुटिन बिरामी परेमा क्रेमलिनको नेतृत्व गर्ने मानिस को हो ?

७० वर्षका निकोलाई पात्रुशेभ रूसको सुरक्षा परिषद्का सचिव हुन्। सुरक्षा परिषद रूसको एक प्रभावशाली निकाय हो जसले पुटिनलाई सीधा सल्लाह दिन्छ र रूस भित्र सैन्य र सुरक्षा मुद्दाहरूमा मार्गदर्शन जारी गर्दछ।

काउन्सिलको अधिकांश शक्ति पात्रुशेभमा निहित छ, जसलाई पुटिनको कट्टर सहयोगीका रूपमा हेरिन्छ। अङ्ग्रेजी भाषाको अखबार मस्को टाइम्सका अनुसार पुटिनजस्तै पात्रुशेभ पनि रुसी गुप्तचर एजेन्ट रहिसकेका व्यक्ति हुन्।

उनी पहिले सोभियत केजीबीसँग र सोभियत संघको विघटनपछि रुसी एफएसबीसँग सम्बद्ध थिए। अखबारले पत्रुशेभको भूमिकालाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकासँग तुलना गरेको छ।

२०१७ को प्रोफाइलमा पोलिटिकोले पात्रुशेभलाई “क्रेमलिन हक” भनेको थियो जसलाई उसको “ज्वलंत राष्ट्रवाद, षड्यन्त्रकारी विश्वदृष्टिकोण र व्यापक जासुसी अनुभव” को लागि चिनिन्छ।

पोलिटिकोका अनुसार पात्रुशेभ सन् १९७४ मा केजीबीमा युवाका रूपमा सामेल भएका थिए। सन् १९९० को दशकमा पुटिनलाई भेटेपछि पात्रुशेभलाई रुसी घरेलु गुप्तचर सेवा, एफएसबीको प्रमुख बनाइएको थियो – जुन पद उनले एक दशकसम्म ओगटेका थिए।

उनी सन् २००८ मा पुटिनको सुरक्षा परिषदको सदस्य बनेका थिए। पूर्व जासूस पात्रुशेभ कथित रूपमा २०१४ मा रूसले युक्रेनबाट क्रिमियालाई खोसेर आफ्नो देशमा गाभेको बेला पुटिनको सल्लाहकारहरूको समूहमा थिए।

आश्चर्यजनक रूपमा पुटिनको वर्तमान युक्रेनमा अवैध आक्रमणको पनि उनी कट्टर समर्थक हुन्।

गत हप्ता राज्य-संचालित रूसी अखबार रोसीस्काया गजेटसँगको एक दुर्लभ अन्तर्वार्तामा पात्रुशेभले अमेरिका र युरोपले युक्रेनमा नव-नाजी विचारधारालाई समर्थन गरेको र द्वन्द्वलाई “अन्तिम युक्रेनीसम्म” लम्ब्याउन खोजेको आरोप लगाए।

पात्रुशेभले युक्रेनी र रुसीहरू एउटै मानिस हुन् र उनीहरूलाई केवल पश्चिमी शक्तिहरूको चाहनामा विभाजित गरिएको हो भन्ने क्रेमलिन लाइनलाई पनि जोड दिँदै समर्थन गरे ।

पत्रुशेभले युद्धले युक्रेनलाई टुक्र्याउन सक्ने पनि सम्भावना व्यक्त गरेका छन्। पश्चिमको नीति र कीभको शासनको नतिजा युक्रेनको धेरै राज्यहरूमा विघटन मात्र हुन सक्छ” उनले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ