आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेन युद्धमा बेलायतको इन्ट्री, रुसले परिचालन गर्यो बिनासकारी बिमान

प्रकाशित
3.5K
SHARES

एजेन्सी। अनन्त्त : बेलायत रुस-युक्रेन युद्धमा सहभागी भएको छ। यो संगै  राष्ट्रपति पुतिनले  माहाबिनासकारी बिमान परिचालन गरेका छन्। बेलायतको र अमेरिकाको पछिल्लो घोषणाले रुसले बिनासकारी कदम चाल्ने संकेत गरेको छ।

बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गर्नुभएको हो।

रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो।यूक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै यूक्रेनको पक्ष लिएको थियो।

बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ। यो सहयोगले रुससँग यूक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने यूक्रेनका अधिकारीहरूले बताएका छन्।

झण्डै एक घण्टाको प्रधानमन्त्री जोनसनको सम्बोधन अत्यन्तै महत्वपूर्ण रहेको पनि अधिकारीहरूको भनाइ छ।यूक्रेनको भेर्खोभना राडामा रुसले आक्रमण गरेपछिको यो पहिलो विदेशी नेताको सम्बोधन हो।

ब्रिटिश जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झन्छौं। यो यूक्रेनको उत्कृष्ट घडी हो, तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो।

जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ, जोनसनले भन्नुभएको छ। नयाँ सैन्य समर्थन अन्तर्गत इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन्।

गत हप्ता यसले यूक्रेनलाई आक्रमण गर्ने रुसी विमानहरू विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र वाहनहरू पठाउने योजनाको घोषणा गरेको हो। अघिल्लो सहायतामा ट्याङ्क विरोधी मिसाइलहरू, वायु रक्षा प्रणाली र टन प्लास्टिक विस्फोटकहरू समावेश छन्।

त्यस्तै, रुस र युक्रेनबीच युद्ध सुरु भएको तेस्रो महिनामा प्रवेश गरेको छ। रुसले सजिलै युक्रेनलाई हराउने अनुमान गरिएको थियो। यद्यपी युक्रेनी सेनाको साहस र पश्चिमा राष्ट्रको हतियार सहयोगका कारण युक्रेनले रुसलाई गतिलो जवाफ दिइरहेको छ।

रुसका १५ हजारभन्दा बढी सेना मारिएको र युक्रेनको चाहीँ ७ हजार सेना मारिएको बताइएको छ। युद्ध लामो समयसम्म चल्ने देखिएको छ।युक्रेनका वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस अनुकुल काम नगरेर युरोप र अमेरिकासँग साँठगाँठ बढाएपछि मस्को रिसाएको थियो।

यस क्रममा नेटोमा आवद्ध हुन चाहेको र युक्रेनका कारण रुसलाई खतरा बढेको आरोप लगाउँदै मस्कोले लगातार युक्रेनमा आक्रमण गरिरहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी आक्रमणबाट डराएर देश छाड्ने अवस्थामा पुग्छन् भन्ने अनुमान थियो। रुस पनि त्यही चाहन्थ्यो। तर जेलेन्स्की थप राष्ट्रवादी भएका छन् र रुसको डटेर सामना गरिरहेका छन्।

रुस जेलेन्स्की सरकार सत्ताच्युत गर्न चाहन्थ्यो र आफ्नो अनुकुलको सरकार त्यहाँ खडा गर्न चाहन्थ्यो। यसक्रममा अमेरिकाका एक वरिष्ठ अधिकारीले रुसले यसै महिना रुसका दुई क्षेत्र हडप्ने दाबी गरेका छन्।

उनका अनुसार जेलेन्स्की सरकार सत्ताच्युत गर्ने कामबाट असफल भएको रुसले चाँडै नै लुहान्स्क र डोनेड्स्क आफ्नो क्षेत्रमा गाभ्न कसरत गर्नेछ।अर्गनाइजेसन फर सेक्युरिटी एन्ड को–अपरेसन इन युरोपका लागि अमेरिकी राजदूत माइकल कारपेन्टर भन्छन्

हाम्रो पछिल्लो प्रतिवेदनअनुसार डोनेट्स्क र लुहान्स्कलाई रुसले चाँडै आफ्नो क्षेत्रमा गाभ्नेछ। रिपोर्टअनुसार जनमत संग्रह गरेर रुसले यी दुई क्षेत्रलाई यसै महिनाको १५ तारिखको आसपासमा विलय गराउन चाहन्छ।

कारपेन्टरका अनुसार रुसले युक्रेनी शहर खेससोनलाई पनि यसैगरी रुसको भूमि बनाउन चाहन्छ। बीबीसीको सहयोगमा।

प्रतिक्रिया

आजको ट्रेन्डिङ