आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावको मुखमा प्रमुख निर्वाचन आयुक्त थपलियाले गरिदिए यस्तो घोषणा, क-कसलाई लाग्यो झट्का ?

प्रकाशित
830
SHARES
Interview with Chief Election Commissioner Dinesh Kumar Thapaliya.

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन्।

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ एओर्याबले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित कार्यक्रममा उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने। त्यस्तै विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको बताएका हुन्।

प्रमुख आयुक्त थपलियाले नागरिकको प्रतिनिधि छान्न पाउने अधिकारप्रति सचेत गराउँदै कर्तव्यबोध गराउन सञ्चारमाध्यम महत्वपूर्ण सारथी भएकाले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र सञ्चार क्षेत्रका आचारसंहिताको सही पालना हुने विश्वास व्यक्त गरे।

आचारसंहिता आफैमा एक नैतिक बन्धन हो। यो स्व—नियन्त्रण र स्व—अनुगमनको औँजार पनि हो। यसलाई आत्मसमीक्षाको हतियार प्रयोग गरेर कार्यान्वयन गर्न सकिन्छ। सबैले पालना गर्छु भनेर मानेको आचारसंहिता पालना हुँदैन भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ, उनले भने।

“निर्वाचनका समयमा सामाजिक सञ्जालमा असामाजिक चरित्र प्रदर्शन गर्ने र अरुको चरित्रमा प्रश्न उठाएर आत्मसम्मानमा ठेस पु¥याउने काम गर्नु अमानवीय हो । त्यसैले सञ्जालहरुमा मिथ्या सूचना, भ्रमपूर्ण सूचना र द्वेशपूर्ण अभिव्यक्ति नदिन हामी सबै प्रतिबद्ध होऔँ।

प्रमुख आयुक्त थपलियाले आचारसंहिताको पालना गरेर नेपालका सबै निर्वाचनलाई व्यवस्थित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिन आग्रह गर्दै आचारसंहितालाई छाताको रुपमा चित्रण गरे। उनले भने, आचारसंहिता एउटा त्यस्तो छाता हो, जसको बिँड आयोगले समातेको छ। यहाँ छातालाई ओढाउन खोज्ने र पन्छ्याउन खोज्ने दुई पक्ष हुनुहुँदैन । त्यसो हुँदा हामी दुवै पक्ष निथु्रक्क भिज्न सक्छौँ।

त्यसैले हामीले मिलेर बनाएको आचारसंहितालाई देशव्यापी रुपमा कार्यान्वयन गर्नुको विकल्प छैन। प्रमुख आयुक्त थपलियाले नेपालको लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र निर्वाचनका लागि नेपाली प्रेसले वकालत गर्दै रुपान्तरणको साक्षी बनेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै,

खुल्ला र सम्मुनत समाज निर्माणका लागि कलम र आवाज बोक्ने सञ्चार जगतले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन पनि उत्तिकै भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

आयोगका प्रवक्ता एवं सहसचिव शालीग्राम शर्मा पौडेल, पत्रकारिता क्षेत्रका अगुवा र संस्थका प्रतिनिधि सहभागी कार्यक्रममा सङ्घले तयार गरेको निर्वाचनका समयमा रेडियो र रेडियोकर्मीले गर्न हुने र नहुने बुँदामा आधारित आचारसंहिता जारी गरिएको थियो।

त्यस्तै, निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरुका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो ।निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्र निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्।

जस अनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले बढीमा दुई वटा दुई पाङग्रे वा तीनपाङग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्।

नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा दुई पाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउनेछन्।

आयोगको कार्यविधिअनुसार सवारीसाधन प्रयोगका लागि उम्मेदवारले निर्वाचन अधिकृतलाई निवदेन दिनुपर्ने छ। आयोगले जारी गरेको निर्देशिका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित संख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्ने अनुमतिपत्र जारी गर्नुपर्न जनाइएको छ।

त्यस्तै,यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन्। राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो।

दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। मौखिक उजुरी आउने क्रम बढेको छ, लिखित रुपमा भने आएको छैन”, ढकालले भने, उल्लङ्घनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौँ।

निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ। यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लङ्घन भइरहेको छ।

आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको तयारी गरिएको ढकालले बताए। “निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौ, ढकालले भने । निर्वाचन कार्यालयले दशवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक निर्वाचन सामग्री पठाउनका लागि प्याकिङ गर्ने काम अन्तिम चरणमा पु¥याएको छ।

साथै कर्मचारी छनौट गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।कर्मचारी छनौट गरिएपछि तालिम दिएर कर्मचारीलाई मतदानस्थल पठाइने ढकालले बताउनुभयो। वैशाख २१ गतेभित्र कर्मचारी छनौट गरी २३ र २४ गते तालिम दिने तयारी छ। २७ गतेभित्र दशवटै पालिकामा कर्मचारी परिचालित भइसक्नेछन्।

कर्मचारीसँगै मतपत्र र आवश्यक सामग्री मतदानस्थल पु¥याइनेछ। जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी पनि परिचालित गरिसकेको छ ।यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारको विवरण सङ्कलन सुरु गरेको छ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँ शाखाले पत्रकारलाई आचारसंहितामा कडाइ गरेको हो।निर्वाचनका बेला पत्रकारबाट आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले यथार्थ विवरण सङ्कलनका लागि अनुगमन सुरु गरिएको महासङ्घका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ