आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

१८८ यात्रु सवार स्पाइसजेट विमान अवतरणका क्रममा दुर्घटना १७ जनाको अवस्था गम्भीर

प्रकाशित
2.9K
SHARES

काठमाडौ। भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान तुफानमा फसेको छ। सो कारणले करिब ४० जना घाइते भएका छन्। जसमध्ये १७  जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

पाइलटको सुझबुझका कारण विमान सुरक्षित रनवेमा ल्याण्डिङ गर्न सफल भएको बताइएको छ। घाइतेहरुको उपचार भइरहेको छ।

मिडिया रिपोर्टअनुसार विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा ल्याण्डिङ हुँदै थियो। तर अचानक तुफानमा जहास फसेसँगै जहाज हल्लिँदा ४० घाइते भएका हुन्।

हिन्दूस्तान टाइम्सका अनुसार पाइलटले खतरा सम्हाल्नका लागि सबैलाई सिट बेल्ट लगाउन आग्रह गरेका थिए। तर बताइएअनुसार उक्त स्थितिमा खाना सर्भिस चालु भएका कारण सोही ट्रलीमा ठक्कर खाएर केही घाइते भएका थिए।

यो तुफानलाई भारतमा काल बैशाखी भनिन्छ। बैशाख महिनामा विशेष गरी झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशामा यो तुफान देखिने भएकाले यसलाई काल बैशाखी भनिन्छ।

आकाशमा बादल गर्जनुका साथै चट्याङसँगै तीव्र गतिमा हावा चलेर यो तुफान पैदा हुने गरेको बताइन्छ। १८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो।

खराब मौसमका कारण विमान हल्लिएपछि यात्रुहरु एकआपसमा ठोक्किएका थिए। सोही क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु गम्भीर घाइते भएका थिए।

त्यस्तै, राहुल गान्धी नेपालको नाइट क्लबमा देखिँदा भारतमा विरोध सुरु भएको छ। गान्धी किन आए नेपाल ? भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी यतिबेला नीजी भ्रमणमा काठमाडौँमा छन्।

सोमबार भिस्तारा एयरको विमानबाट उनी काठमाडौँ आइपुगेका हुन्। उनी निजी भ्रमणमा नेपाल आएकाले उनलाई नेपालको तर्फबाट कुनै सुरक्षा प्रदान गरिएको छैन।

यसबीचमा सोमबार साँझ उनले ठमेलस्थित नाइट क्लब एलओडी लर्ड अफ द ड्रिङ्क्समा गएको पाइएको छ। त्यहाँ गएको फोटो तथा भिडियोहरु सार्वजनिक भएपछि भारतमा गान्धीको विरोध भइरहेको छ।

सत्ताधारी दल भाजपाका नेताहरुले भिडियो सेयर गर्दै कांग्रेस र राहुल गान्धीमाथि आलोचना गर्न थालेका छन्। भाजपा प्रवक्ता शहजाद पूनावालाले भनेका छन्, ‘राहुल गान्धीले के गरिरहेका छन्।

यो उनको नीजि मामिला हो। तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ।

यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन्। जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो।

गान्धी मोदी सरकारका कटु आलोचक भएका कारण पनि भाजपाले उनको कार्यलाई नजिकैबाट नियाल्छन् र गल्ती देख्नासाथ खेदो खनि हाल्छन्।पूनावालाले थप भनेका छन्, ‘कांग्रेस पार्टी ध्वस्त भइसकेको छ।

तर राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ। उनी राजनीतिमा गम्भीर छैनन्। जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन्।

गान्धी किन नेपाल आए? राहुल गान्धी नेपालमा आफ्ना साथी सुम्निमा उदास भेट्न आएका हुन्। उदास पहिले सीएनएनका पत्रकार थिए। उनका बुबा भूम उदास म्यानमारका लागि नेपाली राजदूत थिए।

ओपीइन्डिया डटकमकाअनुसार सुम्निामाले निमा मार्टिन शेर्पासँग विवाह गर्दैछन्। हायात रिजेन्सी होटलमा मे ५ का दिन हुने विवाहको लागि गान्धी नेपाल आएका हुन्। हाल उनी काठमाडौंको म्यारियट होटलमा बसिरहेका छन्।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ