आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक मौसम सम्बन्धि आयो यस्तो जानकारी सबैले थाहा पाउनु पर्ने

प्रकाशित
676
SHARES

काठमाडौं। नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।संघीय राजधानी काठमाडौँ उपत्यकाको मौसम सफा रहेको छ। बिहानैदेखि पारिलो घाम लागेको छ ।

महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलब सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । बितेको २४ घण्टामा काठमाडौँमा ४३ दशमलव सात मिलीमिटर वर्षा भएको छ।

त्यस्तै, हुम्लाको सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चारविहीन भएको हो ।

सेवा अवरुद्ध भएपछि टेलिफोन र इन्टरनेटका माध्यमबाट गर्ने सबैखालका काम कारबाही अवरुद्ध भएकाे बताइएकाे छ । यस्तो छ आगामी ३ दिनको मौसम:

प्रतिक्रिया

आजको ट्रेन्डिङ