आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनको तर्फबाट लडिरहेका दुई बेलायती रुसी सेनाको नियन्त्रणमा, मृत्युदण्ड दिइने आशंका

प्रकाशित
1.5K
SHARES

काठमाडौं। युक्रेनको तर्फबाट रुसविरुद्ध लडिरहेको दुई बेलायती नागरिक रुसी सेनाको नियन्त्रणमा पुगेका छन्। रुसको सरकारी टेलिभिजनमा दुई बेलायती लडाकुलाई रुसी सेनाले नियन्त्रणमा लिएको देखाइएको छ।

यतिबेला ती दुई बेलायती नागरिकलाई रुसले मृत्युदण्ड दिने आशंका गरिएको छ। किनभने युक्रेनमा आक्रमण गरिरहँदा बाह्य देशका नागरिक आफूविरुद्ध लड्न आउँछन् भने त्यो मस्को रुचाउँदैन।

यसअघि एक अमेरिकी नागरिक जो युक्रेनमा रुसविरुद्ध लडिरहेको थिए, उनी त्यहाँ मारिएका थिए। डेलीमेलका अनुसार २८ वर्षका एइडेन अस्लिन र ४८ वर्षका साउन पिनरलाई रुसी सेनाले पक्राउ गरेको हो।

गत महिना अप्रिलमा मारिउपोलमा उनीहरु पक्राउ परेको बताइएको छ। रुसले ती दुई व्यक्तिमाथि विभिन्न आपराधिक मुद्दा चलाउने र मृत्युदण्ड दिने अनुमान गरिएको छ।

पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ। सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन्।

एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए। आइतबार अन्तिम सो क्षेत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए ।

तर, अझै दर्जनौँ साना बालबालिकाहरु कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए। दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा परेको छ।

आईतबार ठूलो संख्यामा सर्वसाधारणहरू त्यहाँबाट बाहिरिएपछि फेरि गोलाबारी सुरु भएको ती अधिकारीले युक्रेनी टेलिभिजनलाई बताए।

स्टिलवर्कबाट उद्धारकर्ताहरूको पहिलो समूह सोमबार युक्रेनी–नियन्त्रित सहर जापोरिझियामा आइपुग्ने अपेक्षा गरिएको थियो। तर, उद्धार प्रयासमा ढिलाइ भएको प्राप्त विवरणहरूमा जनाइएको छ

त्यस्तै,रुस र युक्रेनबीच युद्ध सुरु भएको तेस्रो महिनामा प्रवेश गरेको छ।रुसले सजिलै युक्रेनलाई हराउने अनुमान गरिएको थियो। यद्यपी युक्रेनी सेनाको साहस र पश्चिमा राष्ट्रको हतियार सहयोगका कारण युक्रेनले रुसलाई गतिलो जवाफ दिइरहेको छ।

रुसका १५ हजारभन्दा बढी सेना मारिएको र युक्रेनको चाहीँ ७ हजार सेना मारिएको बताइएको छ। युद्ध लामो समयसम्म चल्ने देखिएको छ।युद्ध जारी रहँदा युक्रेनका एक कुशल सेना मारिएका छन्।

२९ वर्षका मेजर स्टेपन ताराबल्क रुसी आक्रमणमा मारिएका हुन्। द टाइम्सका अनुसार एक बच्चाका पिता उनी गत महिना मारिएका हुन्। उनी युद्धक विमान उडाउँथे।

उनलाई ‘गोस्ट अफ गिभ’को उपमा दिइएको थियो किनभने युद्ध सुरु भएयता उनले हालसम्म रुसका ४० युद्धक विमानलाई ध्वस्त बनाउन सफल भएका थिए। कुशल सेना मारिएपछि युक्रेनलाई रुसविरुद्धको युद्धमा केही घाटा भने हुने देखिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ