आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेश नेता राहुल गान्धी ठमेलको नाइट क्लवमा (तस्वीरहरु सहित)

प्रकाशित
457
SHARES

काठमाडौं। पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको विवाहमा सहाभागी हुन नेपाल आएका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सोमबार राति ठमेलस्थित एलओडी क्लबमामा पुगेर मनोरञ्जन लिएका छन्।

सोमबार अपरान्ह काठमाडौं उत्रिएका गान्धी होटल मेरियटमा केही बेर आराम गरेपछि साँझ ठमेलस्थित एलओडी क्लब पुगेका हुन्। गान्धी एलओडीमा गएको तस्वीर यतिबेला नेपालको सामाजिक संजालमा भाइरल भएका छन् र उनका तस्वीरलाई रुचाइएको छ।

गान्धी नेपालमा पाँच दिनसम्म रहने बताइएको छ। उनी साथीसमेत रहेकी पूर्व राजदूत उदासकी छोरी सुम्निमाको विवाहमा सहभागी हुन नेपाल आएका हुन्। सुम्निमा भारतमा बसेर संचारमाध्यममा काम गर्दा राहुलसँग मित्रता भएको थियो।

त्यस्तैभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्।

तर, यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन। नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने ठानिएकाे छ।प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए।

सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ