आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

प्रकाशित
668
SHARES

काठमाडौँ। सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि जानकारी दिए।

उनका अनुसार सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको छ।

त्यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको प्रवक्ता कार्कीले बताए।

उनले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको जानकारी दिए।

प्रवक्ता कार्कीले सरकारले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित दित्तीय श्रेणीका तीन अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको बताए।

सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको इद (इद उल फित्र) पर्वको अवसरमा बिदा दिइने जनाएको हो। उक्त बिदा यसअघि नै राजपत्रमा प्रकाशित थियो।

त्यस्तै,सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका हुन्।

उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणको दर बढिरहेकाले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए।

सहप्रवक्ता अधिकारीले भने, पहिलो लहरमा भारतमा संक्रमणकाे उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्था हामीले भोगेका छौँ। दोस्रोमा दुई हप्ता र तेस्रोमा त्योभन्दा पनि कम समयमा भोगेका थियौँ।

अहिले भारतमा संक्रमण बढ्दै छ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ। सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आमसर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्य मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए।

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाति रहको प्रारम्भिक तथ्य फेला परेको बताए। यसबारेमा अध्ययन–अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनले बताए।

उनले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरूको पालना गर्नुपर्ने र कोभिडविरुद्धको खोप लगाएर समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताए।

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रहसमेत गरे।

उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुन सक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरू अपनाउन आग्रह गरेको पनि जानकारी दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ