आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको मोर्चामा रूसलाई ठूलो झट्का, प्रधानसेनापति घाइते, अर्का जनरल मारिए

प्रकाशित
3.9K
SHARES

काठमाडौं। आज रुस युक्रेन युद्धको ६८ औं दिन हो। अब युक्रेनसँगै रुसी सेनालाई पनि युद्धको यात्रामा ठूलो धक्का लागेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र सेना प्रमुख जनरल भ्यालेरी गेरासिमोभ घाइते भएका छन्।

पुटिनले उनलाई छिटो सफलता हासिल गर्ने उद्देश्यले खार्किभ मोर्चामा तैनाथ गरेका थिए। यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार एरेस्टोभिचले रुसी मेजर जनरल आन्द्रेई सिमोनोभको पनि खार्किभ मोर्चामा मृत्यु भएको दाबी गरेका छन्।

युक्रेनमा हालसम्म नौ शीर्ष रुसी कमाण्डर मारिएका छन्। अमेरिकी प्रथम महिला जिल बाइडेनले यसै साता रोमानिया र स्लोभाकियाको भ्रमण गर्नेछिन्। उनले रुसी आक्रमणपछि विस्थापित युक्रेनी परिवारलाई भेट्नेछिन्।

रूसी रक्षा मन्त्रालयले आइतवार पछिल्लो २४ घण्टामा युक्रेनभरि ८०० लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ। रुसका विदेशमन्त्रीले करिब १० लाख युक्रेनीले आफ्नै इच्छाले युक्रेन छोडेर रूसमा आएको दाबी गरेका छन्।

युक्रेनमा भएको आक्रमणले रूसमा ग्यासोलिनको अभाव भएको छ, जसका कारण ग्यास स्टेशनहरू बाहिर लामो लाइनहरू छन्। सैन्य कब्जा गरेपछि रुसी सेनाले यहाँ खेरसनमा ठूलो आर्थिक परिवर्तन गरिरहेको छ।

यसका लागि यहाँ युक्रेनी मुद्रालाई रुसी मुद्रा रुबलले प्रतिस्थापन गर्दैछ। बेलायती रक्षा मन्त्रालयको गोप्य रिपोर्टका अनुसार रुसी सेनाले यहाँ आफ्नो कब्जालाई जायज ठहराउन यो रणनीति अपनाइरहेको छ।

त्यस्तै, रुस–युक्रेन युद्धको ६८  दिन पूरा भइसकेको छ तर अहिलेसम्म पनि शान्ति वा युद्ध अन्त्यको कुनै उपाय भेटिएको छैन । रुसले लगातार आणविक युद्ध र तेस्रो विश्वयुद्धको धम्की दिइरहेको छ र यी चेतावनीहरू वास्तविक भएको पनि भन्दै आएको छ।

यसैबीच दुई देशले आगोमा घिउ बन्न सक्ने खालका कदम चाल्न लागेका छन् ।रिपोर्टका अनुसार युरोपेली देश फिनल्याण्ड र स्वीडेनले मे महिनामा नेटोमा सामेल हुने प्रक्रिया सुरु गर्न सक्नेछन् ।

मेमा दुबैले नेटो सदस्यताको लागि आवेदन दिन सक्छन्। युक्रेनले पनि नेटोमा सामेल हुने इच्छा व्यक्त गरेको थियो र यसका कारण रुसले त्यहाँ आक्रमण गरेको छ ।

जानकारीका अनुसार स्वीडेनकी प्रधानमन्त्री माग्डालेना एन्डरसन र फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनबीच यस विषयमा कुराकानी भएको छ । दुवैले मे महिनामा नेटोमा सामेल हुने इच्छा व्यक्त गरेका छन्।

दुवै देशका प्रधानमन्त्रीबीच अब मे १६ मा भेटवार्ता हुँदैछ । दुवै देशले अहिलेसम्म सैन्य तटस्थता कायम राखेका थिए। तर युक्रेनमा रुसको ‘विशेष सैन्य कारबाही’ पछि राष्ट्रको सुरक्षाका लागि उनीहरुसामु योभन्दा राम्रो विकल्प के छ भन्ने प्रश्न दुवैको अगाडि छ ।

युद्धको बीचमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसको रुस भ्रमणअघि सर्गेई लाभरोभले युक्रेनसँग शान्ति वार्ता जारी रहे पनि तेस्रो विश्वयुद्धको खतरा वास्तविक रहेको बताएका छन् ।

लाभरोभले युक्रेनी राष्ट्रपति जेलेन्स्की राम्रो अभिनेता भएको र उनले समाधान खोज्ने नाटक गरिरहेको पनि बताए ।सर्गेई लाभरोभले आणविक युद्धको खतरा वास्तविक रहेको र यसलाई कम आँकलन गर्न नहुने बताए।

लाभरोभले पहिले नै भनेका छन् कि यदि तेस्रो विश्वयुद्ध भयो भने परमाणु हतियारहरू यसमा संलग्न हुनेछन् र यो पहिले भन्दा धेरै डरलाग्दो हुनेछ।अहिलेसम्म युक्रेनले रुसलाई युद्धमा कडा टक्कर दिइरहेको देखिन्छ।

युक्रेनका अनुसार युक्रेनी सेनाले हजारौं रुसी सैनिकलाई मारेको छ । यति मात्र होइन ९१८ ट्याङ्क, ४१६ तोप, १४९ रकेट लन्चर सिस्टम, १५४ हेलिकप्टर, १८४ विमान आदि पनि नष्ट भएको दाबी गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ