आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसको ४० लडाकु विमान ध्वस्त बनाउने युक्रेनका सैनिक कमाण्डर मारिए

प्रकाशित
4.2K
SHARES

काठमाडौं। रुस र युक्रेनबीच युद्ध सुरु भएको तेस्रो महिनामा प्रवेश गरेको छ।रुसले सजिलै युक्रेनलाई हराउने अनुमान गरिएको थियो।

यद्यपी युक्रेनी सेनाको साहस र पश्चिमा राष्ट्रको हतियार सहयोगका कारण युक्रेनले रुसलाई गतिलो जवाफ दिइरहेको छ।

रुसका १५ हजारभन्दा बढी सेना मारिएको र युक्रेनको चाहीँ ७ हजार सेना मारिएको बताइएको छ। युद्ध लामो समयसम्म चल्ने देखिएको छ।युद्ध जारी रहँदा युक्रेनका एक कुशल सेना मारिएका छन्।

२९ वर्षका मेजर स्टेपन ताराबल्क रुसी आक्रमणमा मारिएका हुन्।द टाइम्सका अनुसार एक बच्चाका पिता उनी गत महिना मारिएका हुन्। उनी युद्धक विमान उडाउँथे।

उनलाई ‘गोस्ट अफ गिभ’को उपमा दिइएको थियो किनभने युद्ध सुरु भएयता उनले हालसम्म रुसका ४० युद्धक विमानलाई ध्वस्त बनाउन सफल भएका थिए। कुशल सेना मारिएपछि युक्रेनलाई रुसविरुद्धको युद्धमा केही घाटा भने हुने देखिएको छ।

त्यस्तै,रुसको दुईवटा गस्ती जहाजालाई ड्रोनमार्फत् आक्रमण गरी ध्वस्त बनाइदिएको युक्रेनी सेनाले दाबी गरेको छ।ब्ल्याक सीमा गस्ती गरिरहेको अवस्थामा रुसी गस्ती पानी जहाज ध्वस्त बनाइदिएको युक्रेनी सेनाले सोमबार जानकारी दिएको हो।

आफ्नो आक्रमणपछि रुसी जहाजहरु समुद्रमा डुबेको उनीहरुको भनाइ छ।सेनाले दिएको जानकारीअनुसार रुसका रेप्टर क्लास बोट ध्वस्त बनाइएका हुन्।

त्यस्तै, रुसले आफूले परमाणु युद्ध चाहेको विषयको खण्डन गरेको छ।पश्चिमा राष्ट्रले रुसको छविलाई नराम्रो देखाउन परमाणु हतियारको विषयलाई उचालेको रुसको आरोप रहेको छ।

रुसका विदेशमन्त्री सर्गी लाभरोभले आइतबार भनेका छन्,‘पश्चिमी मिडियाले रुसी कार्यलाई गलत ढंगले प्रस्तुत गरेका छन्। आणविक युद्ध नहुने ग्यारेन्टी गर्ने सम्झौताहरूमा पुग्ने प्रयासहरूलाई हामीले कहिल्यै पनि अवरोध गरेका छैनौं।’

सो क्रममा उनले पश्चिमा राष्ट्रसँग लड्नको लागि रुससँग अल्ट्रासोनिक हतियार भएको पनि उल्लेख गरे।रुससँग विश्वमा सबैभन्दा पढी परमाणु हतियार छ।

रुसले ध्वनीको गतिभन्दा छिटो कुद्ने हाइपरसोनिक हतियारको पनि विकास गरिसकेको छ।उता अल्ट्रासोनिक हतियार त्यस्ता प्रकारका हतियारहरू हुन् जसले विपक्षीलाई ध्वनी प्रयोग गरेर विफल बनाउन सक्षम हुन्छ।

रुस–युक्रेन युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा अमेरिका लगायतका पश्चिमा राष्ट्रले रुसमाथि कडा प्रतिबन्धहरु लगाएका छन्।पश्चिमा राष्ट्रले हतियार सहयोग गरेकै कारण रुसविरुद्ध युक्रेन कडा रुपमा प्रस्तुत भइरहेको छ।

त्यस्तै, युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ। मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्दार भएको हो ।

रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठूलो समूह युक्रेनको नियन्त्रणमा रहेको जापोरिज्जियातर्फ लागेको बताएका छन्।

करिव एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’, उनले ट्विट गरेका छन्।उनले अगाडि भनेका छन्, ‘भोलि सोमबा हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ ।

हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू राष्ट्रसँग मिलेर कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन्।

राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको छ। सो कार्यमा रेडक्रसको पनि संलग्न थियो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ