आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केशव स्थापितलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

प्रकाशित
657
SHARES

काठमाडौं। निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ।

आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो। विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ।

चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं, निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने।

केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पटीकरण सोधिएको उनले बताए।

कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै  यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन भन्ने जवाफ फर्काएका थिए। त्यसपछि स्थापित थप विवादमा तानिएका थिए।

आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो। उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घण्टा भित्र स्पटीकरण पेश गर्नु भनी भनेका छौं, सहसचिव भट्टराईले भने।

पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले स्पटीकरण आयोग समक्ष बुझाउनु पर्ने उनले जनाए। त्यस्तै,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई वैशाख ३० देखाइदिने बताएका छन् ।

हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताए ।‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो ।

त्यो त हामी ३० गते देखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भने । आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको ओलीको भनाइ छ ।

वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उनको भनाइ छ । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए ।

दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए । अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ

। रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताए ।

वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताएका थिए । उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताए ।

कांग्रेससँग देश बनाउने नीति नै छैन: नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।उनले एमालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतंकित बनेको टिप्पणी समेत गरे ।

कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने जिकिर गरे ।

हेटौंडामा पार्टीले आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजना गरेको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गरे ।

ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’

अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबीचको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ