आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महिलामाथि दुर्व्यहार गरेपछि केशव स्थापितलाई आइलाग्यो यस्तो आपत ! तनावमा ओली

प्रकाशित
356
SHARES

काठमाडौँ । नेकपा (एमाले)को काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको विषयम २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घन्टाभित्र स्पष्ट पार्न स्थापितलाई भनेको छ।

स्थापितको अभिव्यक्ति सार्वजनिक भएपछि सत्य तथ्यबारे २४ घन्टाभित्र जवाफ दिन पत्र काटिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ।

‘केशव स्थापित, महिला पुनर्स्थापना केन्द्र (ओरेक) र नेशनल कलेजलाई स्पष्टीकरण सोध्ने आयोगले निर्णय गरेको छ । तपाईंले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले स्थापितलाई २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो,’ प्रवक्ता पौडेलले भने ।

मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।

यस्तै एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएकाले सत्य तथ्यबारे आयोगलाई २४ घन्टा भित्र जानकारी गराउन भनिएको आयोगले बताएको छ।

स्थापितले चुनाव प्रचारका क्रममा दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी आएको पौडेलले बताए । उजुरी आउने लिखित, मौखिक र फोन माध्यम भएको त्यस्तै उम्मेदवारले दिएका अभिव्यक्तिका समाचार सञ्चार माध्यममा पढेर पनि आयोगले स्पष्टीकरण सोध्ने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ