काठमाडौँ। मेयर पदमा उम्मेदवारी दिन नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हेलिकोप्टर लिएर आए। पार्टी भित्रको आन्तरिक विवादका कारण उक्त उम्मेदवारी फिर्ता लिन परेको छ।
उनले बैशाख १२ गते दिउसो अबेर उम्मेदवारी गराएका थिए। उनी उम्मेदवारी दर्ता गर्न तीन लाख ६० हजार रुपैयाँ खर्च गरेर विराटनगरदेखि खोटाङ आइपुगेका थिए। २०४६ देखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा क्रियाशील पोखरेल तीन वर्षअघि राप्रपाबाट कांग्रेसमा छिरेका थिए।
काठमाडौंस्थित विजय इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक र विजय अर्गानिक भिलेज कम्पनीलगायतका मालिक रहेका पोखरेलले टिकट ढिलो गरी टुंगो लागेकाले गाडीमा आउन नसकिने भएपछि हेलिकोप्टर चार्टर गर्नुपरेको बताए।
उनले टिकट हात पार्दा दिउँसोको १२ बजिसकेकाले मनोनयनका लागि समयमै पुग्न हेलिकोप्टर प्रयोग गर्न बाध्य भएको उनको भनार्य छ। पोखरेलले प्रदेश सभापति उद्धव थापालाई टिकट दिएका थिए।
तर तीर्थराज भट्टराईले सभापति शेरबहादुर देउवाको हातबाट टिकट ल्याएकाले उनले फिर्ता लिन पर्यो ।दुवैले मनोनयन दर्ता गरे पनि पोखरेलले अन्तिममा आएर उम्मेदवारी फिर्ता गरेका छन्।
पोखरेलले कांग्रेसलाई जिताउन भन्दै उम्मेदवारी फिर्ता गरेको बताएका छन्। पोखरेल मनोनयन दर्ताकै दिन कुटिएका थिए। उनलाई असन्तुष्ट कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन्।
त्यस्तै, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हु ईज केपी ओली’ भन्नेलाई वैशाख ३० देखाइदिने बताएका छन्। हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताए।
यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो। त्यो त हामी ३० गते देखाइदिन्छौं। त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको ओलीले भने। आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको ओलीको भनाइ छ।
वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उनको भनाइ छ। कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए।
दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए। अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ।
रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताए। वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताएका थिए।
उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताए।
कांग्रेससँग देश बनाउने नीति नै छैन: नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।उनले एमालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतंकित बनेको टिप्पणी समेत गरे।
कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने जिकिर गरे।
हेटौंडामा पार्टीले आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजना गरेको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गर।
ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन। एमालेलाई धारे हात लगाउने मात्र हो।
अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबीचको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए।
प्रतिक्रिया