आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिंहलाई आईजी बनाउने निर्णयविरुद्ध दुई एआईजी अदालत जाँदै

प्रकाशित
398
SHARES

काठमाडौं। सरकारले जुनियर एआईजीलाई आईजीपी बनाएपछि दुई सिनियर एआईजीहरू सर्वोच्च अदालत जाने तयारीमा लागेका छन् ।

तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारीमा लागेका हुन् ।

स्रोतका अनुसार दुवै जना कानूनी परामर्शमा जुटेका छन् । सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा एआईजीहरू रहेका छन् ।

सरकारले नेपाल प्रहरीको नयाँ आईजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि आलोचना सुरु भएको छ।

बरियतामा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री शेरबहादु्र देउवाको निर्देशनमा आईजिपी बनाइएपछि काँग्रेसकै नेताहरुले बिरोध थालेका छन्।

काँग्रेस नेता डा.शेखर कोइरालाले सरकारको यो निर्णयले विधिको शासनको खिल्ली उडाउँने काम भएको बताएका छन्।

वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।

सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ