आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले रुस बिरुद्द नयाँ चाल चाल्यो, पुटिनले दिए अनौठो प्रतिक्रिया

प्रकाशित
1.9K
SHARES

एजेन्सी। अमेरिकाले रुस बिरुद्द नयाँ चाल चालेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने भएका छन्।

सो अवसरमा युक्रेनलाई सहयोग गर्न वासिङ्टनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ। ह्वाइटहाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग क्वाड राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो।

बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउठाउने भन्ने प्रश्नको जवाफमा ह्वाइटहाउसकी प्रेस सचिव जेन साकीले भनिन्, हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौँ।

अब, यो बैठक केही हप्ता टाढा छ। त्यसैले यसबीचमा धेरै कुरा विकसित हुन पनि सक्छ, साकीले भनिन्, निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौँ र त्यस समयमा घटनाक्रम कहाँ खडा हुनेछन् भन्नेबारे बताउनुहुनेछ।

अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले मे २०–२४ मा दक्षिण कोरिया र जापानको भ्रमणसमेत गर्ने ह्वाइटहाउसले बुधबार घोषणा गरेको छ।

टोकियोमा राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन्। हामी यस यात्राबारे छिट्टै थप विवरणहरू सार्वजनिक गर्न तत्पर छौँ, ह्वाइटहाउसले जनाएको छ।

गत वर्ष सेप्टेम्बरमा राष्ट्रपति बाइडेनले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइटहाउसमा क्वाडको प्रत्यक्ष रूपमा आयोजित पहिलो शिखर सम्मेलनमा स्वागत गरेका थिए।

त्यस्तै, युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले उल्लेख गरेको छ।

यो निर्णय मार्च ३१ मा संगठनको स्थायी परिषद्मा मिसनको जनादेश विस्तार गर्नका लागि सहमतिको अभावपछि आएको हो। यो निर्णय लिनु सजिलो होइन।

हामीले विशेष अनुगमन मिसनको जनादेशको नवीकरण हासिल गर्न सहभागी राज्यहरूसँग राजनीतिक वार्ताका माध्यमबाट सबै सम्भावित विकल्पहरू खोजेका छौ। तर, रुसी संघको स्थितिले हामीलाई कदम चाल्नुको विकल्प बाँकी राखेन।

मिसन बन्द गर्नुहोस्,’ पोल्यान्डका विदेशमन्त्री एवं ओएससिईका अध्यक्ष जिबिग्निउ राउले भने। युक्रेनी सरकारको अनुरोधमा संगठनले मार्च २०१४ मा पूर्वी युक्रेनमा आफ्नो विशेष पर्यवेक्षक मिसन पठाएको थियो।

त्यस्तै,अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको आरोप लगाएका छन्। रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्यवृद्धि भएको उनको भनाइ छ।

विश्वभरि अहिले मूल्यवृद्धि भएको र कतिपय देशमा ऊर्जा, खाद्यान्नलगायतको अभावसमेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दाबी गरे। शुक्रबार उनले भने, रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो।

आक्रमणको असर दिनप्रतिदिन विश्वभरि फैलिँदै र थप गहिरिँदै गएको छ। रुसको आक्रमणले युक्रेनमा मात्र नभई विश्वभरि नै हानि गरेको छ। उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नुपर्नेमा जोड दिँदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे।

यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्। आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले बेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै बाइडेनले चिन्ता व्यक्त गरेका छन्।

उनले तत्काल युद्ध रोक्न र वार्तामार्फत विवाद अन्त्य गर्न पटक–पटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ