आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावको मुखमा प्रहरी प्रमुख फेरीए, को हुन् उनि ?

प्रकाशित
585
SHARES

काठमाडौँ। मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

सिंह यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा कार्यरत थिए। सरकारले केही समयअघि रवीन्द्रबहादुर धानुक र सिंहलाई एआइजी बढुवा गरेको थियो।

त्यस्तै, विश्वराज पोखरेल र सहकुलबहादुर थापा केपी शर्मा ओलीको पालामा नै एआइजीमा बढुवा भइसकेका थिए। तत्कालीन सरकारले पोखरेललाई माथिल्लो रोलक्रममा राखेको थियो।

यी चारैजना प्रहरी महानिरीक्षकको दौडमा थिए। पोखरेल, धानुक र थापालाई पछि पार्दै सिंह आइजिपीमा नियुक्त भएका हुन्। वरीयताका आधारमा उनी तेस्रो स्थानमा रहे पनि सरकारले थापा र पोखरेललाई छाडेर उनलाई अघि सारेको हो।

हलका आइजिपी शैलेश थापा क्षेत्रीले आजदेखि अवकाश पाउँदै छन्। सिंहले आजैबाट प्रहरीको वागडोर सम्हाल्नेछन्।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

स्थानीय तह निर्वाचन सम्बन्धमा’ शनिबार गृह मन्त्रालयमा भएको सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले सुरक्षा निकायका प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन्।

गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखापरेका चुनौती र त्यसकाे समाधान गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

गोष्ठीमा प्रदेशगत रूपमा एउटा प्रदेशबाट एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रस्तुति दिएका थिए। प्रदेशगत प्रस्तुतिपछि तीनै सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न निर्देशन दिए।

गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी,

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल तथा गृह मन्त्रालयका सहसचिवहरू फणिन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला भौतिक रूपमा सहभागी थिए।

त्यस्तै,अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा चोरी भएको छ। सशस्त्र प्रहरी बलका पूर्व एसएसपी दीपक थापाको कागेश्वरी मनहरा– ६ मुलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो चोरी भएको हो।

थापाकाे घरबाट १६ तोला सुनका गहना तथा ६० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ। घरमा कोही नभएको अवस्थामा मुल ढोकाको ताल्चा फुटाएर सुनका गरगहना र नगद चोरी भएको हो।

थापाले सो घर बिक्रिको विज्ञापन राखेका थिए। जसअनुसार घर हेर्न भनेर विभिन्न समूह पुग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। केही दिनदेखि निगरानी गरेर योजनाबद्ध रुपमा चोरी भएको प्रहरी आशंका छ।

स्थानीय प्रहरीसहित काठमाडौं उपत्यका अनुसन्धान कार्यालयलेसमेत घटनाको अनुसन्धान थालेको छ। केही दिनयता उपत्यकामा चोरीका घटना बढेका छन्। चक्रपथको बाहिरी क्षेत्रका बस्तीहरुमा दिउँसोको चोरी बढेको प्रहरी अधिकारीहरु बताउँछन्।

गत फागुनमा कैद माफी पाएर जेलबाट छुटेका कैदीहरुसमेत यसमा सक्रिय भएको प्रहरी आशंका छ। विगतमा पक्राउ परी छुटेकाहरु हालैका केही घटनामा संलग्न भएको पुष्टि भइसकेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ