आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोट किन्न एमालेले बगायो पैसाको खोलो, मन्त्रीकै आमाले खोलिदिइन् पोल

प्रकाशित
1.9K
SHARES

डोटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको डोटीस्थित घरमाउनकी आमाले आफूलाई एमालेका उम्मेदवारले भोट माग्न आउँदा पैसा दिएर हिँडेको खुलासा गरेकी छिन् ।

मन्त्री आलेको गाउँपालिकामा आलेको पार्टी नेकपा ९एकीकृत समाजवादी०लाई कमजोर बनाउन एमाले उम्मेदवारले पैसा बाँडेको आ रोप उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताको छ ।

डोटीको रुवास्काँडास्थित मन्त्री आलेको पुर्ख्यौली घरमै भेटिएकी ७९ वर्षीया आमा गंगादेवी आलेले आफूलाई एमालेका तर्फबाट जोरायल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर दर्लामीले १ हजार दिएर गएको बताइन्।

एमालेका उम्मेदवार चुनावका लागि भोट माग्न आएका थिए, हिँड्ने बेलामा पैसा दिए। मैले चाहिँदैन, लिन्नँ भन्दाभन्दै चिया खानुहोला भनी छाडेर गए,’ उनले भनिन्।

गंगादेवीका अनुसार मन्त्री आलेले घर व्यवहारलाई चाहिने पैसा आफैं दिने गरेका छन्। बुवा नभएको र आमा नशा तथा सुगरको बिरामी भएका कारण मन्त्री आले आमालाई भेट्न बेलाबेलामा घर पुग्ने गरेका छन्।

तीन दिनअगाडि मात्रै पार्टीको कामका लागि जिल्ला आएका आले घर पुगेर फर्किएका थिए। आमा गंगादेवी गाउँमा कान्छा छोरा रुद्र आले मगरसँग बस्दै आएकी छन्।

आलेका बुवा भारतको बम्बई रेल्वेको सुपरभाइजबाट अवकाशप्राप्त कर्मचारी भएकाले उनको पेन्सन र आफ्नो वृद्धभत्ता समेत गंगादेवीलाई आउँछ।

कुनै खाँचो नभए पनि जबरजस्ती पैसा दिएर गएको मन्त्री आलेका भाञ्जा भरत कुँवरले बताए। चुनावको समय छ। मुमालाई पैसाको खाँचो पनि छैन। पैसा दिनुको उदेश्य के हो स्पष्ट छ नि, प्रभावमा पार्न दिइएको हो,’ कुवँरले भने।

त्यसपछि पैसा दिएको विषयमा प्रतिक्रिया माग्दा वडाध्यक्षका एमाले उम्मेदवार दर्लामीले हामीलाई प्रमाण देखाउन चुनौती दिए। मन्त्री आलेकै घरमा पुगेको र उनकी आमाले बताएको भनेपछि उनले बल्ल पैसा दिएको स्वीकारे।

‘बुढीआमा हुनुहुन्छ, उहाँलाई भेट्न जाँदा केही लिएर जानुपर्ने थियो, रित्तो हात गएकाले फलफूल किनेर खान पैसा दिएको हुँ, उनले भने।

बुढापाकालाई भेट्न जाँदा अघिपछि पनि आफूले फलफूल लिएर जाने गरेको उनले बताए । दर्लामीले आफू ५ वर्ष विदेश बसेर आएको र गाउँमा फर्केपछि समाजसेवालाई प्राथमिकता दिएको दाबी पनि गरे।

उनले भने ‘अघि पनि गरीब, दुःखी, बुढाबुढीको सेवा गर्ने, सामाजिक काम गर्न रुचाउने हुँदा उहाँलाई मात्रै नभएर अरू बुढाबुढीलाई भेट्न जाँदा खालि हात जाने गरेको छैन । पैसा बाँडेर मन्त्रीको आमालाई प्रभावित पार्न खोजेको हैन।

आफूलाई कमजोर बनाउन विपक्षीले अनर्गल प्रचार गरेको उनको आरोप छ। डोटीमा एमालेको प्रभाव राम्रो रहेको भन्दै चुनाव जित्नका लागि आफूलाई पैसा बाँड्नु आवश्यक नरहेको जिकिर समेत उनले गरे।

त्यस्तै,भरतपुर महानगरपालिकाको मेयर पदबाट रेनु दाहालले राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरिएको पाइएको छ।

चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय भएको हो।

महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ। उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ।

२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ।

२१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ।त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ।

३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन। त्यसैगरी भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ।

जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ।

बैठकको निर्णय नम्बर १८ मा उल्लेख गरिएको रकम वितरण विवरणमा वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भएअनुसार बाँड्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ