आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अफगानिस्तानमा शक्तिशाली विस्फोट, १० जनाको घटनास्थलमै मृत्यु

प्रकाशित
519
SHARES

काबुल। अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन्। तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अफगानिस्तानको संघीय राजधानी काबुलमा रहेको सुन्नी मस्जिदमा शुक्रबार अर्को विस्फोटन भएको छ।

विस्फोटनमा परी कम्तीमा १० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। अघिल्लो शुक्रबार पनि विस्फोटनको घटनामा परी मानवीय क्षति भएको थियो।

पछिल्लो समय विषेश गरेर हरेक शुक्रबार विस्फोटनका घटना हुने गरेको पाइएको हो। यस शुक्रबार पनि साप्ताहिक नियमित प्रार्थना सकिएको केही समयपछि प्रार्थनास्थल मस्जिदमा विस्फोटन भएको हो।

घटनामा परी कम्तीमा १५ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्।

त्यस्तै,अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने बताइएको छ।

सो अवसरमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ।

ह्वाइट हाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग क्वाड राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो।

बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउढाउने भन्ने प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भने,हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौं।’

अब, यो बैठक केही हप्ता टाढा छ त्यसैले यसबीचमा धेरै कुरा विकसित हुन पनि हुन सक्छ’ साकीले भने,निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौं र त्यस समयमा घटनाक्रम कहाँ खडा हुने छन् भन्ने बारे बताउनुहनेछ।

अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले मे २०–२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्ने समेत, ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ।

टोकियोमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन्।

वास्तवमा क्वाड चीनलाई घेर्न बनाइएको समूह हो। क्वाडमा आवद्ध अमेरिका, अस्ट्रेलिया, भारत र जापानले इन्डोप्यासिफिक क्षेत्रमा चीनको आक्रामकताको मिलेर सामना गर्ने वाचा गरेका छन्।

यसबीचमा यो समूहले रुसविरुद्ध पनि नीति लिने अपेक्षा गरिएको छ। तर यस समूहमा आवद्ध भारतले भने रुसको अहिलेसम्म आलोचना गरेको छैन। बरु रुसबाट हतियार तथा तेल–ग्यास खरिद गर्दछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ