आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको नाम लिदै एमाले नेता ईश्वर पोखरेलले गरिदिए अनौठो घोषणा

प्रकाशित
1.1K
SHARES

काठमाडौँ। चुनावको मुखमा प्रचण्डको नाम लिदै एमाले नेता ईश्वर पोखरेलले गरे अनौठो घोषणा गरेका छन्। कांग्रेश सित् टासिएको भन्दै नेता पोखरेल अनौठो आक्रोस पोखेका हुन्।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन्।

माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले कांग्रेसमै समाहित हुन सुझाव दिएका हुन्। माओवादीसँग चुनावी एजेण्डा छैन।

कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ, उनले भने, अब कांग्रेसमै छिरे हुन्छ। हामी सामना गर्न तयार छौं। उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे।

पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे।

त्यस्तै, भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा माओवादी केन्द्रलाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन्।

यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए। गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरका थिए।

त्यसपछि झनै रुष्ट बनेका कांग्रेस कन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरुले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात उनीहरुले तालाबन्दी गरेका हुन्। भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने भएकी छन्।

त्यसका लागि उनले आजै मेयरको पदबाट राजीनामा समेत दिइसकेकी छन्। उनले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन्। रेनु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिने पूर्व सांसद पौडेलले बताएका छन्।

जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराईलगायतका नेता कार्यकर्ताको उपस्थिती थियो।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भरतपुरको मेयरमा रेनु दाहाललाई सहयोग गरेको थियो। त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन्।

राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे। २३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए।

‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन। जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई। ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने।

यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ। राजनीतिक विश्लेषण छैन। शब्द थुपारी के हुन्छ? उनले खेस्रो लेखेर नीति नहुने पनि बताएका छन्।

सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे। दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी गएको बताए।

तत्कालिक क्षति पुगे पनि एमालेलाई घाटा नभएको उनको भनाइ छ।एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको बताएका हुन्।

‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राणा शासन उल्ट्याउने नीतिका साथ स्थापना भएको थियो। नेपाल कम्युनिस्ट पार्टी पनि बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ स्थापना भएको थियो।

२००७ सालमा कांग्रेसले हतियार उठाएको हो, हामीले पनि हतियार उठाएका हौँ सात सालमा, ओलीले भने ।तानाशाह व्यवस्थाका बेला स्थापना भएका पार्टीले तानाशाह व्यवस्था उल्ट्याउन हतियार उठाएको ओलीको भनाइ छ।

तर, तानाशाही नभएका बेला, शान्तिपूर्ण ढंगले संवैधानिक बाटोबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने र यसले क्रान्तिलाई टाढा बगाउने अध्यक्ष ओलीले बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ