आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालको प्रस्तावः मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउनुपर्छ

प्रकाशित
466
SHARES

काठमाडौं। नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ। मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो प्रस्ताव मलेसियाली मन्त्रि सित् राखेका हुन्।

त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गर्नुभएको हो।

भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पुर्याउनु  प्रस्ताव गर्नुभएको थियो। सो क्रममा उहाँहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने।

शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो।

त्यस्तै, विश्वभर सैन्य खर्च पहिलोपटक दुई ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ।स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युटको रिपोर्ट अनुसार विश्वभर सैन्य खर्च पहिलोपटक दुई ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको हो।

रिपोर्टअनुसार विश्वमा सबैभन्दा बढी सैन्य खर्च भएका पाँच राष्ट्रमा क्रमशः अमेरिका, चीन, भारत, बेलायत र रुस पर्दछन्यी राष्ट्रले सैन्य खर्चमा लगाउने बजेट विश्वको ६२ प्रतिशत हो। रिपोर्टअनुसार गतवर्ष भारतको सैन्य खर्च ७६.६ अर्ब अमेरिकी डलर थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ