आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

म्यादी प्रहरी मालामाल हुने गरि गृहमन्त्रीले गरिदिए यस्तो घोषणा, सबैले थाहा पाउनु पर्ने

प्रकाशित
3.3K
SHARES

काठमाडौं। म्यादी प्रहरी मालामाल हुने गरि गृहमन्त्रीले नयाँ घोषणा गरेका छन्। गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले मन्त्री खाणले निर्देशन दिएका हुन् ।

स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ। उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला, खाणले भने।

निर्वाचन सुरक्षाको क्रममा देखिएका चुनौतीहरू उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर सामाना गर्न पनि मन्त्री खाणको निर्देशन छ। गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य लक्ष्य भएको बताए।

उनले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिमा रहेका पदाधिकारीहरूलाई निर्वाचन सुरक्षा र निष्पक्षता कायम गराउनेगरी सुरक्षा प्रत्याभूति दिलाउन निर्देशन पनि दिए ।

सुरक्षा गोष्ठीमा प्रत्येक प्रदेशबाट एक/एक जना प्रमुख जिल्ला अधिकारीले सुरक्षा स्थितिबारे प्रस्तुतीकरण दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए ।

त्यस्तै, नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन्। उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन्।

यस्तो टिप्पणी गर्नेमध्ये एक हुन्ज-गन्नाथ पौडेल। चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं।

हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ।’देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए।

गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए। तर, उनी फकिएनन्। बागी उम्मेदवारी फिर्ता लिएनन्। नलिएपछि उनलाई शुक्रबार नै कांग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ।

देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्–विमल कार्की। पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उनले देउवाले कांग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन्।

उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन्। सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए। अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए।

शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो। धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन्।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुने बताएका छन्।

आज राजधानीमा आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए।

उनले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिष्ट पार्टीको निरन्तरता भएको बताउँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बृहत् बाम एकतासँगै लोकतन्त्रप्रेमी शक्तिसँग कार्यगत एकता गरेर प्रतिगमनविरुद्व सङ्गठित भएर अघि बढ्दै पार्टीे सङ्गठनलाई टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे।

राष्ट्रियसभा निर्वाचनबाटै विजयको सुरुआत भएकाले गठबन्धनमा आबद्ध दल सामूहिकरूपमा अगाडि बढ्नुपर्ने बताउँदै उनले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने र वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए।

मनोनयन दर्ताका क्रममा पार्टीबाट ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाइएको छ। पार्टीबाट एकल उम्मेदवारी परेसँगै पार्टीका तर्फबाट दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, छ वडाअध्यक्ष र २६ सदस्य निर्विरोध निर्वाचित भएको नेपालले जानकारी दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ