आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी सेनाले युक्रेनी राष्ट्रपति जेलेन्स्की माथि आक्रमण गर्यो, के छ अवस्था ? थप विवरण सहित

प्रकाशित
3.4K
SHARES

काठमाडौं। रुसी सेनाले युक्रेनी राष्ट्रपति जेलेन्स्की माथि तेस्रो पटक आक्रमण गरेको छ। मध्यरातमा रुसी सेनाले प्यारासुटबाट अनुठो तरिकाले आक्रमण गरेका हुन्।  युक्रेनी राष्ट्रपति जेलेन्स्की  तेस्रो चोटी पनि बालबाल बचेका छन्।

रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ। रुस सामु यतिलामो समयसम्म युक्रेन टिक्छ भन्ने कसैले सोचेकै थिएनन्। यद्यपी पश्चिमा राष्ट्रबाट अत्याधुनिक हतियार पाएपछि युक्रेनलाई फाइदा पुगिरहेको छ।

अमेरिकका अनुसार रुस–युक्रेन द्वन्द्वमा १५ हजारभन्दा बढी रुसी सेना मारिएका छन्। यस क्रममा युक्रेनको भने कम्तिमा ७ हजार सेनाको ज्यान गएको नेटोको भनाइ छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले देश नछाड्ने र रुसविरुद्ध लडिरहने वाचा गरेका छन्। उनले सामान्य नागरिकलाई पनि सेनामा भर्ती हुन र पश्चिमा राष्ट्रलाई धेरै हतियार प्रदान गर्न आग्रह गरिरहेका छन्।

युद्ध सुरु भएको तेस्रो महिनामा प्रवेश गरिसकेको अवस्थामा यतिबेला जेलेन्स्कीले आफूलाई रुसी विशेष फौजले झन्डैले हत्या गरेको खुलासा गरेका छन्।डेलीमेलका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले जब आफ्ना सेनालाई युक्रेनमा आक्रमण सुरुगर्नु भनेर आदेश दिएका थिए।

त्यसबेला नै रुसका विशेष फौज युक्रेनको राष्ट्रपति निवासमा राति प्याराग्लाइड गर्दै पुगेका थिए। जेलेन्स्कीका अनुसार पुटिनले उनीहरुलाई जिउँदै पक्रिन अथवा आफ्नो हत्या गर्न नै आदेश दिएका थिए।जेलेन्स्की आफ्ना श्रीमती र दुई छोराछोरीसँग निवासमै थिए।

टाइम म्यागजिनका पत्रकार सिमोन सस्टरसँगको कुराकानीका क्रममा जेलेन्स्कीले रुसी फौज उनी बसेको घरको कम्पाउन्डमै मै आएको बताएका हुन्।दुईपटक रुसी सेना सो क्षेत्रमा पुगेका थिए। तर जेलेन्स्कीका अंगरक्षकहरुले रुसी सेनाको प्रतिकार गरेपछि पुटिनको योजना असफल भएको थियो।

रुसी फौजको आक्रमण असफल पारेपछि जेलेन्स्कीलाई अमेरिका र बेलायती सेनलो देश छाड्न प्रस्ताव गरेको थियो। यद्यपी उनले सो प्रस्ताव अस्वीकार गर्दै किभबाटै रुसलाई आफू त्यहीँ भएको र लडिरहने सन्देश दिएका थिए।

त्यस्तै, रुसविरुद्ध लड्न युक्रेनी सेनामा भर्ती भएका एक अमेरिकी नागरिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ। सीएनएनका अनुसार २२ वर्षका विली जोसेफ क्यान्सलको रुसको कारवाहीमा मृत्यु भएको उनका परिवारले पुष्टि गरेका छन्।

उनी यसैहप्ताको सोमबार युक्रेनमा मारिएका हुन्। जासेफका आमा रेबिकाका अनुसार युक्रेनमा रुसविरुद्ध लडेबापत् उनले पैसा पाउँथे। जोसेफ अमेरिकाको टेनिसीको भाडाको सेनालाई अभ्यास गराउने कम्पनीमा आवद्ध थिए।

युक्रेनले इच्छुकले युक्रेनी सेनामा भर्ती हुन पाउने व्यवस्था गरेपछि जोसेफ सम्झौतामा हस्ताक्षर गर्दै युक्रेन गएका थिए।यससँगै रुस–युक्रेन युद्धमा मारिने अमेरिकी नागरिकको संख्या दुई पुगेको छ।

यसअघि अर्का अमेरिकी पुरुषको पनि प्रेमिका भेट्न जाँदा युक्रेनमा मृत्यु भएको थियो। त्यस्तै,अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन।

रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई प्राकृतिक ग्यास आपूर्ति कटौती गरेपछि वासिङ्टनको यो टिप्पणी बाहिर आएको हो।

हिजो रुसले हाम्रा दुई सहयोगीहरूलाई ऊर्जा आपूर्ति बन्द गर्ने धम्की दियो। मलाई स्पष्ट पार्न दिनुहोस्स् हामी रूसलाई जारी प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न दिनेछैनौं, राष्ट्रपति बाइडेनले ट्वीटमा उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपतिले वाशिंगटनले ‘रूसबाट ग्यास ब्ल्याकमेलको धम्की दिएका युरोपेली सहयोगीहरूलाई मद्दत गर्न अन्य राष्ट्रहरूसँग काम गरिरहेको छ’ भनेका छन्। ‘हामी अन्य राष्ट्रहरूसँग काम गर्दैछौं ।

जस्तै दक्षिण कोरिया, जापान र कतार-जसले ग्यास ब्ल्याकमेलबाट रूसले धम्की दिएका हाम्रा युरोपेली सहयोगीहरूलाई उनीहरूको ऊर्जा आवश्यकताहरू अन्य तरिकावाट पूरा गर्न मद्दत गर्ने हाम्रो प्रयास रहन्छ।

ट्वीटमा थप भनिएको छ। मार्च ३१ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अमित्र’ देशहरूमा दर्ता भएका कम्पनीहरूसँग ग्यास आपूर्तिको लागि सबै सम्झौताहरू रूबलमा गर्ने गरी एक आदेशमा हस्ताक्षर गरेका थिए।

मिडिया रिपोर्टहरूले जनाएअनुसार केही युरोपेली ग्यास खरीदकर्ताहरूले रूसले माग गरेअनुसार रुबलमा आपूर्तिको लागि भुक्तान गरिसकेका छन्।

बुधवार, युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनका अनुसार रूसी ऊर्जा प्रदायक ग्याजप्रोमको बुल्गेरिया र पोल्याण्डलाई ग्यास आपूर्ति निलम्बन गर्ने निर्णय ब्ल्याकमेलको अर्को प्रयास हो।

ग्याजप्रोमले एकतर्फी रूपमा युरोपका ग्राहकहरूलाई ग्यासको आपूर्ति रोक्ने घोषणा गर्नु भनेको ब्ल्याकमेलको साधनको रूपमा ग्यास प्रयोग गर्ने अर्को प्रयास हो। यो अनुचित हो र अस्वीकार्य छ।

यसले एक पटक फेरि ग्यास आपूर्तिकर्ताको रूपमा रूसको अविश्वसनीयता देखाउँदछ’, भोन डेर लेयनले एक विज्ञप्तिमा भनेका छन। एजेन्सी

प्रतिक्रिया

आजको ट्रेन्डिङ