आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवाको नाम लिदै बागी उम्मेदवारले गरिदिए यस्तो घोषणा, नेताहरु सबै चकित

प्रकाशित
2.8K
SHARES

काठमाडौं। नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन्। उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन्।

यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् जगन्नाथ पौडेल। चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं।

हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ। देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए।

गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठा। तर, उनी फकिएनन्। बागी उम्मेदवारी फिर्ता लिएनन्।

नलिएपछि उनलाई शुक्रबार नै कांग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ।देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्– विमल कार्की।

पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उनले देउवाले कांग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन्। उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए।

बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन्। सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए। अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए।

शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो। धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन्।

त्यस्तै, नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन्।

कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसकेको बताए ।

कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदारी दर्ता गरेको उनले बताए। गठबन्धन भनेको लिने र दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्र्दा अछाममा त्यसको असर परेको उनको भनाई छ।

उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने बताए। अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा छन्।

त्यस्तै, रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

देशव्यापी रुपमा पनि उम्मेदवारी फिर्ता शुक्रबार सम्पन्न भएको छ। रुपन्देहीबाट सबै भन्दा बढी बुटवल उपमहानगरपािलकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यसैगरी, ओमसतियाबाट ३ जना अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कंचनबाट ३ जना, कोटहीमाईबाट ५ जनाले, गैडहवाबाट २ जना, तिलोत्तमाबाट ९ जना र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यसैगरि मायादेवी र रोहणिीबाट १–१ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जना, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जना, सैनामैनाबाट ४ जनाले उम्मेदावरी फिर्ता लिएका छन्।

भैरहवा सिद्धार्थनगरबाट पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन। सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगर प्रमुखबाट एक जना, उपप्रमुखबाट २ जना र सदस्यबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन।

यस्तै, सम्मरीमाईबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा निवर्तमान पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुकी श्रीमती पनि रहेकी छन्।

उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन्। सम्मरीमाईबाट ४ जनाले उम्मेदवारी फिर्ता गराएका छन्।उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन्। यसका अलावा अन्य पार्टीका केही उम्मेदवार पनि रहेका छन्।

उनीहरुमध्ये अधिकांशले हाल इच्छा नभएकोले स्वेच्छाले स्थानीय तह निर्वाचन ऐन २०७३को दफा २३को उपदफा १ बमोजिम नाम फिर्ता लिएका छन भने केहीले, नेपाली कांग्रेस केन्द्रिय कार्यालयको पत्रानुसार उम्मेदवारको सूचिबाट नाम हटाएका छन्।

रुपन्देहीको १६ पालिका मध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेको छैन। १ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, १२४ जनाले पालिका अध्यक्षमा, ७० जनाले उपप्रमुख , ९५ जनाले उपाध्यक्ष , १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडासदस्य गरी जम्मा ५ हजार ११ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन्। जिल्लामा ५ लाख ३६ हजार ८ सय ५ जना कुल मतदाता रहेका छन्।

निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्नेछ। शुक्रबार अन्तिम नामावली प्रकाशन गरसँगै आयोगले आज साँँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गर्छ।

चुनाव चिह्न पाएसँगै उम्मेदवारहरूले मौन अवधि सुरु हुनअघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउँछन्। चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ