आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रसंघ प्रमुखको युक्रेन भ्रमणका क्रममा रुसी हमला, एक जनाको मृत्यु

प्रकाशित
440
SHARES

काठमाडौं। युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ।

हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र आक्रमणमा मारिएका एक व्यक्तिको अवशेष फेला पारेका छन्।

कीभका मेयर भिटाली क्लिच्गोले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत जनाएका छन्। यसैबीच राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन्।

उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन्। उनी भन्छन्, राष्ट्रसंघका प्रमुख भएकै क्षेत्रमा रुसबाट आक्रमण हुनु त्यो राष्ट्रसंघमाथिको अपमान हो।

रुसले राष्ट्रसंघलाई नटेर्ने पनि जेलेन्स्कीको भनाइ छ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन्।

उनले उक्त खबरबाट आफू स्तब्ध भएको बीबीसीलाई बताएका छन्। किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र कैयौँ मानिसहरू घाइते भएको बताए।

घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको बताए।

राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन्। उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन्।

उनी भन्छन्, राष्ट्रसंघका प्रमुख भएकै क्षेत्रमा रुसबाट आक्रमण हुनु त्यो राष्ट्रसंघमाथिको अपमान हो। रुसले राष्ट्रसंघलाई नटेर्ने पनि जेलेन्स्कीको भनाइ छ।

त्यस्तै,अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब अमेरिकी डलरको सहायता प्रदान गर्न कँग्रेसलाई प्रस्ताव गरेका छन्। रुसविरुद्ध लड्न र आर्थिक तथा मानवीय सहायताको लागि सो रकम युक्रेनलाई खाँचो भएको उनको भनाइ छ।

यद्यपी उनले युक्रेनलाई सहयोग गर्नु रुसमाथिको आक्रमण भने नभएको स्पष्ट पारेका छन्।उनी भन्छन्,अमेरिकी सहायता युक्रेन रक्षाको लागि महत्वपूर्ण सावित हुनेछ।

यसअघि पनि अमेरिकाले तीनपटक गरेर युक्रेनलाई ३० अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता दिइसकेको छ। अमेरिकाले युक्रेनलाई हतियारहरु पनि प्रदान गरिरहेको छ। अमेरिकासँगै पश्चिमा राष्ट्रबाट हतियार पाएको युक्रेनले रुसी सेनालाई विफल बनाइरहेका छन्।

रुसले पश्चिमा राष्ट्रले युक्रेनलाई सहयोग गरेका कारण युद्ध लम्बिएको आरोप लगाउने गरेको छ। अवस्था यस्तै जारी रहेको खण्डमा आफूले परमाणु हतियार प्रयोग गर्नसक्ने रुसको चेतावनी छ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन। रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई प्राकृतिक ग्यास आपूर्ति कटौती गरेपछि वासिङ्टनको यो टिप्पणी बाहिर आएको हो।

हिजो रुसले हाम्रा दुई सहयोगीहरूलाई ऊर्जा आपूर्ति बन्द गर्ने धम्की दियो। मलाई स्पष्ट पार्न दिनुहोस्स् हामी रूसलाई जारी प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न दिनेछैनौं, राष्ट्रपति बाइडेनले ट्वीटमा उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपतिले वाशिंगटनले ‘रूसबाट ग्यास ब्ल्याकमेलको धम्की दिएका युरोपेली सहयोगीहरूलाई मद्दत गर्न अन्य राष्ट्रहरूसँग काम गरिरहेको छ’ भनेका छन्।

हामी अन्य राष्ट्रहरूसँग काम गर्दैछौं ( जस्तै दक्षिण कोरिया, जापान र कतार-जसले ग्यास ब्ल्याकमेलबाट रूसले धम्की दिएका हाम्रा युरोपेली सहयोगीहरूलाई उनीहरूको ऊर्जा आवश्यकताहरू अन्य तरिकावाट पूरा गर्न मद्दत गर्ने हाम्रो प्रयास रहन्छ।’ ट्वीटमा थप भनिएको छ।

मार्च ३१ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अमित्र’ देशहरूमा दर्ता भएका कम्पनीहरूसँग ग्यास आपूर्तिको लागि सबै सम्झौताहरू रूबलमा गर्ने गरी एक आदेशमा हस्ताक्षर गरेका थिए।

मिडिया रिपोर्टहरूले जनाएअनुसार केही युरोपेली ग्यास खरीदकर्ताहरूले रूसले माग गरेअनुसार रुबलमा आपूर्तिको लागि भुक्तान गरिसकेका छन्।

बुधवार, युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनका अनुसार रूसी ऊर्जा प्रदायक ग्याजप्रोमको बुल्गेरिया र पोल्याण्डलाई ग्यास आपूर्ति निलम्बन गर्ने निर्णय ब्ल्याकमेलको अर्को प्रयास हो।

‘ग्याजप्रोमले एकतर्फी रूपमा युरोपका ग्राहकहरूलाई ग्यासको आपूर्ति रोक्ने घोषणा गर्नु भनेको ब्ल्याकमेलको साधनको रूपमा ग्यास प्रयोग गर्ने अर्को प्रयास हो। यो अनुचित हो र अस्वीकार्य छ।

यसले एक पटक फेरि ग्यास आपूर्तिकर्ताको रूपमा रूसको अविश्वसनीयता देखाउँदछ’, भोन डेर लेयनले एक विज्ञप्तिमा भनेका छन। एजेन्सी

प्रतिक्रिया

आजको ट्रेन्डिङ