आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ वैज्ञानिकहरूको टोली सगरमाथाको अनुसन्धानमा

प्रकाशित
393
SHARES

काठमाडौ। चीनले पहिलो पटक सगरमाथाका ६ वटा प्रमुख सर्कलहरूको संयुक्त रूपमा अनुसन्धान र अध्ययन गर्न उन्नत प्रविधि, विधि र माध्यमहरू प्रयोग गरिने जनाएको छ।

अनुसन्धानमा पश्चिमी-जलवायु, एसियाली जलस्रोत चुचुराहरूको परिवर्तन, मानवीय गतिविधि, भिरालोपन, चट्टानहरूबीचको सम्पर्क संयन्त्र, जैविक विविधता तथा इकोसिस्टम जस्ता प्रमुख वैज्ञानिक मुद्दाहरूमा यो अनुसन्धान केन्द्रित रहेको जनाइएको छ।

छिङहाइ-तिब्बत वैज्ञानिक अभियानको नेतृत्व गरिरहेका प्राज्ञ याओ थानतोङले बताएअनुसार यो अध्ययन विशेषतः हिमनदी, हिउँको आवरण, हिमताल तथा हिमनदीका प्रमुख प्रक्रियाहरूमा हुने परिवर्तनबारे केन्द्रित गरिनेछ।

यसबाट पृथ्वीको प्रणालीगत सीमा समस्याहरूको अन्वेषण गरिने उनले बताए। समग्र वैज्ञानिक लक्ष्य तापक्रमको पृष्ठभूमिमा सगरमाथाको अति उच्च भेगमा वातावरणीय परिवर्तनको नियम, हरितगृह ग्याँसको कन्सन्ट्रेसन परिवर्तनका विशेषताहरू,

इकोसिस्टमको कार्बन प्रक्रियाबारे विश्लेषण गरिनेछ, उनले भने, यसबाट प्रतिकूल वातावरणमा मानवीय अनुकूलनका विशेषता पहिल्याएर पृथ्वीको व्यवस्थित वैज्ञानिक अनुसन्धानमा ठूलो उपलब्धी हासिल हुनसक्नेछ।

दोस्रो छिङहाइ-तिब्बत वैज्ञानिक अभियान टोली र तिब्बत पर्वतारोहण टोलीले सगरमाथा वैज्ञानिक आरोहण थालेको हो। पाँचवटा वैज्ञानिक आरोहण दलका १६ समूहसहित कूल २७० भन्दा बढी वैज्ञानिकहरू यस आरोहणमा संलग्न छन्।

उनीहरूले सगरमाथाको अत्यन्त उच्च भेगमा मौसम विज्ञानको ढाँचा अध्ययनका लागि स्वचालित अवलोकन र डेटा प्रसारणका लागि स्वचालित मौसम स्टेसनहरू स्थापना गर्ने बताएका छन्।

त्यसका लागि ८ हजार मिटरभन्दा माथि यस्ता प्रविधि जडान गरिनेछ। त्यस्तै पाँच हजार ५ सयदेखि ३ सय मिटरसम्मका बरफ र चट्टानका नमूनाहरू संकलन गर्ने योजना छ।

चीनले सन् १९५० को दशकदेखि सगरमाथामा ६ वटाभन्दा बढी वैज्ञानिक आरोहण गरेको छ। यो शिखर मिसनले पहिलो पटक ८ हजार मिटरभन्दा माथिको उचाई पार गर्ने र सगरमाथा शिखरको व्यापक वैज्ञानिक अनुसन्धान लक्ष्य पूरा गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्।

सन् २०१७ मा पहिलो पटक वैज्ञानिक आरोहण गरेपछिको चीनको यो दोस्रो छिङहाई-तिब्बत वैज्ञानिक आरोहण अभियान हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ