आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनी सैनिकले आफ्नो मोबाईलले गोली छेकेर ज्यान जोगाए, भिडियो भयो भाईरल हेर्नुहोस..

प्रकाशित
1.2K
SHARES

किभ। केही वर्षअघिसम्म बजारमा नोकिया फोनको दबदबा थियो। नोकियाका मोबाइल फोन निकै बलियो हुन्थे र सानोतिनो ठक्करबाट टुटफुट हुँदैनथे। समयक्रमसँगै फिचर फोनको ठाउँ स्मार्टफोनले लिएको छ तर नोकिया फोनको जस्तो मजबुती भने लगभग समाप्त भैसकेको छ।

फोन भौतिक रुपमा कमजोर हुने मात्र होइन कतिपय अवस्थामा त पड्किएर मानिसको ज्यान नै जाने गरेका घटना समेत भएका छन्। तर यही बीचमा एउटा स्मार्टफोनले भने बन्दुकको गोली नै छेकिदिएर एकजना सैनिकको ज्यान बचाइदिएको छ।

रुस युक्रेनबीच जारी युद्धका क्रममा यो घटना भएको हो। स्मार्टफोनले गोली छेक्दा एक युक्रेनी सैनिक मृत्युबाट जोगिएका छन्। सोसल मिडियामा भाइरल बनिरहेको एक भिडियोमा एकजना युक्रेनी सैनिकले आफ्ना सहकर्मी सैनिकलाई आफ्नो गोली लागेको मोबाइल देखाइरहेका छन्।

उक्त मोबाइलमा गोली अडि्कएको छ। रुसी सेनाले हानेको गोली उनले शरीरमा राखेको सोही मोबाइलमा लाग्यो। बन्दुकको गो’ली मोबाइललाई पूरै पार गरेर उनको शरीरसम्म आउन सकेन कारण उनी गोली दागिनबाट बचे।

भिडियोमा गोलाबारीको आवाज सुनिन्छ। जसले उक्त भिडियो युद्ध मैदानकै हो भन्ने प्रष्ट हुन्छ। यद्यपि स्मार्टफोनले कुनै व्यक्तिको ज्यान बचाएको यो पहिलो घटना भने होइन।

यसअघि नोकिया, ब्लाकबेरी, सामसुङ, एचटिसी तथा एप्पलको आइफोनलगायतका स्मार्टफोनले पनि मानिसलाई गोली लाग्नबाट बँचाएका घटना सार्वजनिक भएका थिए।

त्यस्तै, रुसले तेल भण्डारमा भर्खरै आक्र’मण गरेपछि युक्रेनमा ठुलो जोखिम, सबैलाई झ्याल लगाएर घरभित्रै बस्न आग्रह गरेको छ।रुसले तेल भण्डारमा आक्र’ मण गरेपछि युक्रेनको राजधानी किएभमा विषा’लु धुवाँको जोखिम बढेको छ।

त्यहाँका नागरिकलाई झ्याल नखोल्न आग्रह गरिएको छ। किएभका धेरैजसोले भूमिगत आश्रय लिएर बसिरहेका छन्। घर बाहिर रहेकाहरुलाई पनि विषाक्त धुवाँबाट जोगिन अधिकारीहरुले आग्रह गरेका हुन्।

यसैबीच रुसी आक्रमणका कारण युक्रेनमा अहिलेसम्म कम्तीमा २ सय जनाभन्दा धेरैको ज्यान गएको अनुमान छ। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले मानवीय क्षतिसँगै,

भवन तथा महत्त्वपूर्ण संरचनामा भएको आक्रमणले सयौँ मानिस पानी तथा विद्युत् सेवाबाट वञ्चित भएको उल्लेख गरेको छ। रुसको आक्रमणका कारण ५० लाखभन्दा बढी शरणार्थी बन्ने आशङ्का गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ