आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पन्जसिरमा रातभर भिडन्त ५ सय तालिबानी लडाकु मारिए, यस्तो छ ताजा अपडेट

प्रकाशित
2.9K
SHARES

एजेन्सी। अफगानिस्तानको पन्जसिर उपत्यकामा अहमद मसुदको नर्थन एलायन्सले एक जना यस्तो ‘बाबा’लाई तालिबानसँग लड्ने जिम्मेवारी दिएको छ, जसको नाम सुन्नासाथ तालिबानको सातो जान्छ।

वास्तवमा ती बाबा अरू कोही नभएर कुनै बेला अफगानिस्तानमा आफ्नो सिक्का चलाएका अहमद शाह मसुदका दाहिने हात बनेका कमान्डर वाहिद हुन्। कमान्डर वाहिदसँग तालिबानविरुद्ध लडेको ३५ वर्षको अनुभव छ।

वाहिदलाई माया गरेर नर्थन एलायन्सका लडाकु ‘बाबा जलन्दार’को नामले पनि चिन्छन्। बिहीबार राति कमान्डर वाहिदलाई पन्जसिरमा तालिबानसँग युद्ध गर्ने जिम्मेवारी दिइएको हो।

नोर्थेन एलायन्सका अनुसार १२ घण्टाभित्रै झन्डै ५ सय तालिबान अलग अलग लडाइँमा मारिएका छन्। यसबीच धेरै तालिबानले आत्मसमर्पण गरेको नर्थन एलायन्सको दाबी छ।तालिबानविरुद्ध लडाइँमा रहेको नर्थन एलायन्सले बिहीबार राति युद्ध सुरु भएको घोषणा गरेको छ।

नर्थन एलायन्सका अनुसार पन्जसिर उपत्यकामा पहिले पनि तालिबानलाई घुँडा टेक्न बाध्य पारेका कमान्डर वाहिद जलन्दारलाई फेरि एकपटक पन्जसिर बचाउने जिम्मेवारी दिइएको हो। ​

रजिस्टेन्स फोर्सका अनुसार अफगानिस्तानका तालिबानलाई साथ दिइरहेका पाकिस्तानका तालिबान र अफगान तालिबान गरी बिहीबार राति ४७० जना मारिइसकेका छन् भने ३९० जना घाइते भएका छन्।

नर्थन एलायन्सको रेजिस्टेन्स फोर्सको दाबी छ– ४३ जनाभन्दा बढी आतंककारी उसको कब्जामा छ। पन्जसिर अफगानिस्तानको एउटा मात्र त्यस्तो प्रान्त हो, जसलाई तालिबानले राजधानी काबुलसहित देशका अन्य सबै प्रान्त कब्जा गरिसक्दा पनि आफ्नो नियन्त्रणमा लिन सकेको छैन।

अफगानिस्तानको पन्जसिर प्रान्त निवासी एक व्यक्तिले तालिबानले आफ्नो परिवारलाई घर छाडेर काबुल जान चेतावनी दिइरहेको गुनासो गरेका छन्।ती व्यक्तिले बीबीसीको फारसी सेवासँग भनेका छन्।

तालिबानले पन्जसिरका बासिन्दालाई दबाब दिइरहेका छन्, त्यहाँबाट भाग्न बाध्य बनाइरहेका छन्।’बीबीसीका अनुसार यतिबेला सामाजिक सञ्जालमा प्रान्त (पन्जसिर) छाडेर गइरहेकाहरूको भिडिओ भाइरल भइरहेको छ।

एक भिडिओमा धेरैवटा कार, बस र ट्रक पन्जसिर उपत्यकामा राखिएको देखिन्छन्।पन्जसिरका अर्का एक स्थानीयले भने, ‘धेरै परिवारलाई जबर्जस्ती काबुल पठाइएको थियो, उनीहरूलाई नियन्त्रणमा लिएर अज्ञात स्थल लगिएको छ।’

तालिबानविरोधी समूह नेसनल रेसिस्टेन्स फ्रन्टको विदेशी सम्बन्धका इन्जार्च अली निजारीले एक भिडिओ सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पन्जसिरस्थित मेरो घरबाट निकालिएको छ।

उनका अनुसार ‘तालिबानले नरसंहार गरिरहेका छन्, संसारले देखिरहेको छ, तर उनीहरूलाई कुनै प्रभाव परेको छैन। उनले यो युद्ध अपराध रोक्न’ अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेका छन्।

त्यस्तै, अफगानिस्तानको पन्जसिर उपत्यका आफूले नियन्त्रणमा लिइसकेको भनेर तालिबानले निरन्तर दाबी गरिरहेको छ। तालिबानका समर्थकले अब पूरै अफगानिस्तान आफ्नो कब्जामा आएको र सरकार गठन प्रक्रियामा जुटेको भनेर भनिरहेका छन्।

तर पन्जसिरका स्थानीय बासिन्दाले तालिबानले झुट बोलिरहेको र उसले अहिलेसम्म पन्जसिर नियन्त्रणमा लिन नसकेको बताएका छन्। स्थानीय भन्छन्, हाम्रो उपत्यका पन्जसिर पहिले पनि स्वतन्त्र थियो र अहिले पनि स्वतन्त्रै छ।

यस्तो छ स्थानीयको भनाइ : तालिबानले झुट बोलिरहेका छन्। उनीहरूले अहिलेसम्म पन्जसिर कब्जा गर्न सकेका छैनन्, यद्यपि उनीहरूले हाम्रो जुन क्षेत्र नियन्त्रणमा लिएका थिए, त्यो पनि हाम्रा लडाकुले फिर्ता ल्याइसकेका छन्।

अब हाम्रो लडाइँ पन्जसिर उपत्यकाका लागि मात्र होइन, पूरै अफगानिस्तानमा सुरु हुनेछ। पाकिस्तान र तालिबानबाट छुट्कारा पाउन हाम्रा नेताको आह्वानसँगै पूरै देशमा विद्रोह सुरु भइसकेको छ। अब तपाईंहरू यो कुरा टीभी र सामाजिक सञ्जालहरूमा पनि देख्न पाउनुहुनेछ।

काबुलमा बस्ने मोहम्मद शमीका अनुसार उनको परिवार अहिले पनि पन्जसिर उपत्यकामै छ। उनका परिवारजन अहिले पनि पूर्ण स्वतन्त्र छन् र उनीहरूले तालिबानको कुनै शासन भोग्नुपरेको छैन।

पन्जसिर उपत्यकामा आफूलाई रेसिस्टेन्स फोर्सको कार्यकर्ता बताउने अशरफले तालिबानले झुटो बोलेको बताए। उनले भने, ‘तालिबानले अहिलेसम्म जुन क्षेत्र कब्जामा लिएका थिए, त्यो हाम्रा लडाकुले फिर्ता ल्याइसकेका छैन्।

उनका अनुसार पन्जसिर उपत्यकाको अन्त्यसम्म पुग्ने एउटा बाटो छ, जहाँ रेसिस्टेन्सका लडाकुले माइन्स बिछ्याएका छन्। साथै तोप र ट्यांक पनि बाटामा तैनाथ छन्। उपत्यकाको अन्त्य स्थानसम्म पुग्न जुन बाटो छ।

त्यसमा एकातर्फ पहाड र अर्कातर्फ हजारौं फिट गहिरो छ।यस्तै नेसनल रेसिस्टेन्स फोर्सले पनि तालिबानले पन्जसिर कब्जा गरेको कुरा अस्वीकार गरेको छ। फोर्सका अनुसार तालिबानले दाबी गरेको आफ्ना कमान्डर हसिब मारिएको भन्ने पनि झुटो भएको बताएको छ।

फोसैले हसिबको तस्बिरसहित सामाजिक सञ्जालमा लेखेको छ– कमान्डर हसिब जीवितै छन्, तर युद्ध चरमबिन्दुमा छ। भर्खरै अफगानिस्तान कब्जा गरेको तालिबानले बाँकी रहेको पन्जसिर प्रान्त पनि कब्जा गरेको दाबी गरिसकेको छ,

तर त्यहाँ लडाइँ जारी रहेको खबर आइरहेका छन्।यसैबीच पन्जसिरमा तालिबानका अखडामा सैन्य विमानले हमला गरेको केही न्युज एजेन्सीले जनाएका छन्।तर त्यो विमान आक्रमण कुन देशले गरेको हो भन्ने खुलेको छैन।

सोमबार मात्र तालिबानले आफूले पन्जसिर पनि पूरै नियन्त्रणमा लिएको दाबी गरेको थियो भने सोमबारै साँझ तालिबानविरोधी रेसिस्टेन्स फोर्सले लडाइँ जारी रहेको जनाएको थियाे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ