आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वलाई चकित पार्दै अमेरिकाले गर्यो चीन सँग हारेको घोषणा

प्रकाशित
4.2K
SHARES

अमेरिका। विश्वलाई चकित पार्दै अमेरिकाले गर्यो चीन सँग हारेको घोषणा गरिदिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रमुख सफ्टवेयर अफिसर पदबाट हालै राजीनामा दिएका निकोलस सैयानले आर्टिफिसियल इन्टेलिजेन्सको प्रतिस्पर्धामा अमेरिका चीनसँग हारिसकेको बताएका छन्।

चीनले अमेरिकालाई उछिनेको देख्न नसकेर आफूले सो पदबाट राजीनामा दिएको उनको भनाइ छ।अमेरिकी रक्षा मन्त्रालयबाट एक साताअघि बाहिरिएका उनले पहिलो पटक फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिएका हुन्।

उनले सेप्टेम्बरको सुरुमा अनुभवहीन सैन्य अधिकारीहरुलाई साइबर क्षेत्रको नेतृत्व दिने गरिएको र बजेट अभावमा पेन्टागन पछि परेको गुनासो गर्दै राजीनामा घोषणा गरेका थिए।अबको १५ या २० वर्षमा हामीले चीनसँग लड्नसक्ने सम्भावना छैन। पहिले नै यसको टुंगो लागिसकेको छ।

मेरो विचारमा सबैथोक समाप्त भइसक्यो, उनले भने।पेन्टागनमा तीन वर्ष बिताएका ३७ वर्षे सैयानले चीन आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ साइबर क्षमताका कारण विश्वव्यापी प्रभुत्वको दिशामा अघि बढिरहेको बताए।

ठूलो बजेटमा तयार गरिएका पाँचौँ पुस्ताका एफ–३५ लडाकु विमानजस्ता हार्डवेयरभन्दा उदाउँदा प्रविधिहरु भविष्यका लागि बढी महत्वपूर्ण र निर्णायक हुने उनको भनाइ छ।

भविष्यमा चीन विश्वभर हावी हुने निश्चित छ। उसले सञ्चारमाध्यमको भाष्यदेखि भूराजनीतिसम्म हरेक थोक नियन्त्रण गर्नेछ। त्यसका लागि युद्ध नै हुन्छ या हुँदैन, यसै भन्न सकिँदैन,’ उनले भने।

अमेरिकाको केही सरकारी मन्त्रालयहरुमा साइबर प्रतिरक्षा किन्डरगार्टेनको तहमा’ मात्र रहेको उनले बताए। एआईका क्षेत्रमा गुगलले पेन्टागनसँग मिलेर काम गर्न नमानेको, नैतिकतासम्बन्धी बहस ज्यादा हुनुजस्ता कारणले अमेरिका पछि परेको उनको ठम्याइ छ।

त्यसविपरीत चिनियाँ कम्पनीहरुले सरकारसँग मिलेर काम गरिरहेको र नैतिकताको ख्याल नगरी एआईमा विशाल लगानी गरिरहेको उनले बताए।अमेरिकाको रक्षा बजेट चीनको भन्दा तीन गुणा बढी भए पनि खरिद प्रक्रिया खर्चिलो भएको र बजेट गलत क्षेत्रमा खर्च भइरहेको उनको आरोप छ।

यसै वर्ष अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी एक आयोगले एक दशकभित्र एआईका क्षेत्रमा चीनले अमेरिकालाई उछिन्ने चेतावनी दिएको थियो। त्यस्तै पाकिस्तानमा फेरि चिनियाँ नागरिक लक्षित आक्रमण भएपछि चीन रुष्टभएको छ।

पाकिस्तानको कराँची विश्वविद्यालयमा मंगलबार बम विस्फोटन हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो।

बीबीसीका अनुसार उक्त बम विस्फोटन विश्वविद्यालयको विदेशी संकायबाट कन्फ्युसियस सेन्टरमा जाँदै गरेको भ्यानमा भएको हो।उक्त विस्फोटनमा सेन्टरका नवनियुक्त निर्देशक, दुई शिक्षक र एक चालकको मृत्यु भएको छ।

चालकबाहेक सबै चिनियाँ नागरिक हुन्। यो आक्रमण चिनियाँ नागरिकमाथि लक्षित गरेर भएको नियोजित आक्रमण भएको आशंका गरिएको छ। यसअघि पनि चिनियाँ इन्जिनियरलाई लक्षित गरेर पाकिस्तानमा आक्रमण भएको थियो।

गतववर्ष कोहिस्तान क्षेत्रमा गुडिरहेको बसमा बम आक्रमण हुँदा ९ चिनियाँ इन्जिनियरसहित १३ जनाको मृत्यु भएको थियो।यो घटनापछि चीन रुष्ट बनेको छ।

चीनले पाकिस्तानमा चिनियाँ नागरिक लक्षित आक्रमण भइरहँदा त्यहाँको सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै दोषीलाई पत्ता लगाएर तत्काल कडा कारवाही गर्न आग्रह गरेको छ।युक्त राष्ट्रसंघका महासचिवले पाकिस्तानको कराँचीमा भएको हत्याकाण्डको निन्दा गरेका छन्।

पाकिस्तानको कराँचीमा अवस्थित कराँची विश्वविद्यालयमा मंगलबार दिउँसो हिंसात्मक हमला भएको थियो।

सो आक्रमणमा परी कैयौँ व्यक्तिको ज्यान गएको थियो।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताए।

हकले मंगलबार नै जारी गरेको विज्ञप्तिमा विश्वविद्यालयजस्तो पवित्र स्थानमा हमला गर्नु तथा निर्दोष नागरिकको ज्यान लिनु मानवीय अपराध हो भनेका छन्।शिक्षण संस्था एवं शिक्षकहरुलाई यसरी हमला गर्नु भनेको मानवीय अपराध बाहेक अरु केही नभएको भन्दै,

यस्ता अपराधमा संलग्न भएका व्यक्तिको खोजी गरी तिनीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा महासचिव गटर्रेसले जोड दिएको उनका उपप्रवक्ता हकले विज्ञप्तिमार्फत् जानकारी गराए।

चीनलाई अन्तरिक्ष याात्रामा सफलताः तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा: चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिना बिताएपछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेका छन् ।

यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो। अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ । चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ।

जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ। सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी चिनियाँहरूले पनि भूउपग्रह बनाउनेछौं ।

यसको लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो। मानव अन्तरिक्ष उडानको लागि दशकौं लागेपनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल हुनुभएको थियो ।

प्रक्षेपण नजिकिंदै जाँदा, मिशनको क्षमताबारेको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रि सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यद्यपि, चिन्ताबीच चिनियाँ मिसन जारी भयो। याङले शेन्झाउ–५ मा २१ घण्टे उडानको दौडान १४ पटक पृथ्वीको परिक्रमा गर्नुभएको थियो । चीनले त्यसबेलादेखि सातवटा चालक दलका मिशनहरू सुरु गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ