आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको ६४ औं दिन अमेरिकी राष्ट्रपतिले गरे रुसी जनताको रगत उम्लिने घोषणा

प्रकाशित
2.4K
SHARES

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ३३ अर्ब डलरबराबरको सहयोगको प्रस्ताव गरेका छन्। रुसले गरिरहेको आक्रमणको सामना गरिरहेको युक्रेनलाई सहयोगको लागि बाइडेनले नयाँ प्रस्ताव अघि सारेका हुन्।

जसमा युक्रेनलाई सैन्य आर्थिक र मानवीय सहायताको लागि उक्त प्रस्ताव गरिएको हो। बाइडेनले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आउनको लागि अमेरिकी संसदबाट पारित हुनुपर्छ।

बाइडेनले सांसदहरुलाई यो प्रस्ताव पारित गर्नु निकै महत्वपूर्ण हुने उल्लेख गरेका छन्। यो सहयोगले युक्रेनलाई आफ्नो सुरक्षा आफैं गर्न सहयोग गर्ने बाइडेनको भनाइ छ।

बाइडेनको प्रस्तावअनुसार युक्रेनलाई अमेरिकाले युक्रेनलाई २० अर्ब डलरबराबरको सैन्य सहयोग प्रदान गर्नेछ भने ८ अर्ब ५० कराड डलरको आर्थिक सहयोग उपलब्ध गराउनेछ।

त्यस्तै ३ अर्ब डलरको मानवीय सहायता प्रदान गरिनेछ। बाइडेनले यो सहयोग त्यति सस्तो नभए पनि आगामी दिनमा रुसको आक्रामकतालाई अघि बढ्ने अवसर दिने हो भने त्यो झन् धेरै महँगो साबित हुन सक्ने बताए।

अमेरिकाले यसअघि नै युक्रेनलाई आर्थिक सहयोग गर्दै आए पनि यो निकै महत्वपूर्ण सहयोग हो। बाइडेनले अमेरिकाले गरेको सहयोगले रुसले युक्रेनमा पठाएको हरेक सैन्य ट्यांकको लागि युक्रेनले १० ओटा ट्यांक खरिद गर्न सक्ने बताए।

उनले अमेरिकाले रुसमाथि आक्रमण नगरेको दाबी गरे। उनले आफूहरुले युक्रेनलाई आफ्नो सुरक्षाको लागि मात्र सहयोग गरेको बताए। यसअघि बिहीबार अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले पश्चिमा मुलुकले युक्रेनलाई गरेको सहयोगले युरोपमा सुरक्षाको जोखिम बढेको बताएका थिए।

अमेरिकी राष्ट्रपति बाइडेनले आणविक हतियार प्रयोगको विषयमा बेकारका प्रतिक्रिया नदिन पनि रुसलाई आग्रह गरे। यसअघि रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी दिनमा आणविक हतियारको प्रयोग हुन सक्ने जोखिम कायम रहेको बताएका थिए।

त्यस्तै,युक्रेनको राजधानी सहर किभमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको भ्रमणका बीच रकेट भएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणबारे जानकारी लिने क्रममा गुटरस किभ पुगेका हुन्।

किभमा पछिल्लो केही समययता रुसको आक्रमण रोकिएको भए पनि बिहीबार रुसले राजधानीमा मिसाइल आक्रमण गरेको बीबीसीले बताएको छ।समाचारमा यो मिसाइल आक्रमणबाट भएको क्षतिबारे भने उल्लेख गरिएको छैन।

भ्रमणको क्रममा गुटेरसले राष्ट्रसंघको सुरक्षा परिषदको पनि आलोचना गरेका छन्। सुरक्षा परिषदले युक्रेनमाथिको आक्रमण रोक्न नसकेको उनको भनाइ छ।गुटेरसले भने, सुरक्षा परिषद् यो युद्ध रोक्न आफ्नो तर्फबाट सकेसम्मको प्रयास गर्न असफल भयो।

राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद विश्वभर शान्ति र सुरक्षा कायम गर्नका लागि स्थापना गरिएको हो। गुटेरसले राष्ट्रसंघले भने आफ्नो काम जारी राखेको गुटेरसको भनाइ छ।

बिहीबार संयुक्त पत्रकार सम्मेलनको क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गुटेरसले युक्रेनमा भएको युद्ध अपराधलाई नजिकबाट नियाल्ने मौका पाएको बताए। गुटेरसले युक्रेनले रुसले युद्ध अपराध गरेको दाबी गरेका विभिन्न स्थानको भ्रमण गरेका थिए।

त्यस्तै,जर्मनीले युक्रेनलाई एन्टि एयरक्राफ्ट ट्यांक प्रदान गर्ने भएको छ। मंगलबार जर्मनीको रक्षा मन्त्रालयले उक्त घोषणा गरेको हो।जर्मनीले युक्रेनलाई सैन्य सहयोग दिन महत्वपूर्ण कदम चालेको हो।

यसअघि जर्मनीले युक्रेनलाई सैन्य सहयोग दिन अस्वीकार गर्दै आएको थियो।जर्मनीका सुरक्षा अधिकारीहरुको बीचमा मंगलबार भएको वार्ताले युक्रेनलाई गेपार्ड हवाई सुरक्षा प्रणाली दिने निर्णय गरेको हो।

जर्मनीले सन् २०१० बाट गेपार्ड सुरक्षा प्रणालीलाई सक्रिय सेवाबाट हटाएको थियो।रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोधमा युक्रेनलाई सुरक्षाको लागि जर्मनीले उक्त प्रणाली दिने निर्णय गरेको हो।

जर्मनीले यसअघि युक्रेनलाई सैन्य हतियार दिन अस्वीकार गर्दै आएको थियो।यद्यपि युक्रेनको सुरक्षाको लागि भन्दै जर्मनीले अहिले हवाई सुरक्षा प्रणाली प्रदान गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ