आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी नौसेनाको सुरक्षा कबच देखेपछि हल्लियो अमेरिका

प्रकाशित
6K
SHARES

मस्को। रुसी सेनाको सुरक्षा कबच देखेपछि अमेरिका सहित नेटो देशहरुमा हलचल पैदा भएको छ। रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ।

युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट यूएसएनआई तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४फेब्रुवरीमा ‘विशेष सैन्य अपरेसन’ सुरु गरेपछि डल्फिनलाई त्यहाँ सारिएको थियो। यी डल्फिनहरु अत्याधुनिक उपकरण सहित  सु सज्जित छन्। पनि मुनि बाट हुने सड्यन्त्रको सूचना रुसी नैसेना सम्म सजिलै पुग्ने बताईएको छ।

डल्फिनलाई युक्रेनी विशेष बलहरूविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि प्रयोग गर्न सक्ने युएसएनआईले भनेको छ। युक्रेनी विशेष फौजले बन्दरागहमा क्षति पुर्यायाउन सक्ने अनुमानमा डल्फिलन परिचालन गरिएको बताइएको छ।

रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन्। उत्तरी जलसेनाको आधारमा उसले बेलुगा ह्वेल र सिलहरू राखेको छ। बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन्।

सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले टार्टस नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको थियो। त्यस्तै,रुसी आक्रमणको क्रममा अमेरिकाले युक्रेनी फौजलाई गोप्य सूचना दिएर सहयोग गर्ने गरेको खुलासा भएको छ।

पूर्व तथा वर्तमान अमेरिकी अधिकारीहरूले एनबीसी न्युजलाई दिएको जानकारीअनुसार अमेरिकाले कहिले र कुन स्थानमा रुसी क्षेप्यास्त्र र बम प्रहार हुन लागेका छन् भन्नेबारे युक्रेनी फाजैलाई विस्तृत सूचना दिने गरेको छ।

जसले गर्दा युक्रेनले समयमै हवाई प्रतिरक्षा कार्यान्वयन र विमानलाई खतराको बाटोबाट पन्छाउन सफल हुने गरेको छ। यस्तो महत्वपूर्ण र सटिक सूचनाका कारण युद्धका सुरुआती दिनहरूमा युक्रेनले सयौँ फौज बोकेको,

रुसको एउटा पारवहन सैनिक विमान खसाल्न सकेको र किभ नजिकको एउटा महत्वपूर्ण विमानस्थलमा रुसी हमला असफल बनाउन सकेको पनि ति अधिकारीहरूले बताएका छन्।

अमेरिकी अधिकारीहरूले गैर नेटो सदस्य मुलुकलाई उपलब्ध गराइएको व्यापक र अप्रत्यासित गुप्तचरी सूचनाका कारण अहिलेसम्म ठुलो र अत्याधुनिक हातहतियारले सुस्सजित रुसी फौजविरुद्ध युक्रेनले सफलता पाउन सकेको दाबी पनि गरेका छन् ।

अमेरिकी गुप्तचर निकायहरू र रक्षा मन्त्रालय पेन्टागनले युक्रेनको अधिकांश भू–भाग कब्जा गर्ने रुसी प्रयासलाई असफल बनाउन युक्रेनलाई महत्वपूर्ण गोप्य सूचनाहरूमार्फत सहयोग गर्दै आएका छन् ।

यस्ता सूचना रणनीतिक रूपमा महत्वपूर्ण सावित हुने गरेको बताइएको छ ।एक विज्ञप्तिमार्फत ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का एकजना प्रवक्ताले भनेका छन्।

युद्ध भूमिमा रुसी आक्रमणको प्रतिवाद गर्न मद्दत पुर्यायाउन हामीले नियमित रुपमा समयमै विस्तृत गोप्य सूचना उपलब्ध गराउँदै आएका छौँ । यस कार्यलाई जारी राख्ने छौँ।

त्यस्तै, रुस–युक्रेन तनाव साम्य बनाउन संयुक्त राष्ट्रसंघका महासचिवले निर्णायक कदम चालेका छन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस युक्रेन गएका हुन् ।मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेपछि गुटरेस कीभ पुगेका हुन् ।

महासचिव गुटरेसले ट्वीटर मार्फत् आफू मस्कोपछि युक्रेन पुगेको जानकारी दिँदै मानवीय सहयोग विस्तार गर्न र द्वन्द्वग्रस्त क्षेत्रहरूबाट नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्न काम जारी राख्ने बताएका छन्।

“यो युद्ध जति चाँडो समाप्त हुन्छ, त्यति नै राम्रो––युक्रेन, रुस र विश्वका लागि,” गुटरेसले ट्वीट गरेका छन् । मस्को भ्रमणका क्रममा महासचिव गुटरेसले रुसलाई मानवीय उद्धार कार्यमा संयुक्त राष्ट्र संघ र रेडक्रसको संलग्नतामा सहमत गराएका थिए।

रुसी राष्ट्रपति मारिउपोलमा रहेको अजोभस्टल प्लान्टबाट सर्वसाधारणको उद्धारमा संयुक्त राष्ट्र संघ र रेडक्रसका लागि अन्तर्राष्ट्रिय समितिको संलग्नतामा सैद्धान्तिक रूपमा सहमत हुनुभयो।

महासचिवका प्रवक्ता स्टफेन डुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संयुक्त राष्ट्र संघले युद्ध अन्त्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनी आलोचना हुने गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ