आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेश पार्टी कार्यालयमा घट्यो नमिठो घटना, सबै स्तब्ध

प्रकाशित
5.9K
SHARES

काठमाडौँ। पोखराका विभिन्न वडाको नेतृत्व छाडेको भन्दै असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताहरूले पार्टीको प्रदेश कार्यालय तोडफोड गरेका छन्।गठबन्धनको पत्रकार सम्मेलनमा नाराबाजी गरेका कार्यकर्ताहरु पत्रकार सम्मेलन सकिएलगत्तै प्रदेश कार्यालय पुगेर तोडफोड गरेका हुन्।

तोडफोडबाट प्रदेश कार्यालयमा क्षति पुगेको छ।कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीका अनुसार तोडफोडमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ। क्षतिको विवरण आउन बाँकी भएको उनले जनाए।

माओवादी केन्द्रले पोखराका ३३ वटै वडामा कांग्रेसले एकलौटी उम्मेदवार उठाएको र आफूले भाग नपाएको भन्दै विरोध जनाएपछि गठबन्धनले माओवादीलाई पनि केही वडाको नेतृत्व दिने सहमति गर्न लागेको भन्दै कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन्।

पोखरामा कांग्रेसविरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी, माओवादीको अविश्वास: पोखरामा गठबन्धन दलको घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन स्थलको गेटमा असन्तुष्ट कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर २४ को अध्यक्ष माओवादीलाई दिन लागेको भन्दै उनीहरुले नेतृत्वविरुद्धमा नाराबाजी गरेका हुन्। उनीहरुले गेटमा तालासमेत लगाएका छन्।

भित्र गठबन्धनका प्रमुख पदका उम्मेदवार धनराज आचार्यसहितका नेता छन्। कांग्रेस पोखरा २४ सचिव चन्द्रेश्वर बस्ताकोटीले सो वडा छाड्न नसक्ने बताए। सो वडा यसअघि एमालेले जितेको थियो।

माओवादीले कांग्रेसले एकलौटी रुपले सबै वडामा उम्मेदवारी दिएको र आफूलाई भाग नदिएको भन्दै असन्तुष्टि जनाएसँगै केही वडा उसैलाई दिने तयारी भएको भन्दै उनीहरूले विरोध गरेका हुन्। विरोधले पत्रकार सम्मेलन प्रभावित भएको छ।

यता, माओवादी महानगर कमिटीले बिहीबार विज्ञप्ति प्रकाशित गरी गठबन्धनको भावनाविपरित कांग्रेसले वडाहरूमा उम्मेदवारी दिएको भन्दै फिर्ता लिन आग्रह गरेको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ।

उनले भने, मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो।

त्यस्तै, गृह मन्त्रि गृहमन्त्री बालकृष्ण खाँण माथि निर्बाचन आयोगले एक्सन लिएको छ।गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन्।

यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए।

‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसावमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ।

पकै पनि आयोगको ध्यानाकर्षण भएको छ, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ। त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन।

यसबारे आयोगले थप निर्णय गर्नेछ। बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ