आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेका दुई उम्मेदवारले निकाले शानदार जित, को हुन् उनि ?

प्रकाशित
2.1K
SHARES

काठमाडौँ। नेकपा एमाले र सत्ता गठबन्धनबीच देशभर रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ ।पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो।

देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन ।

उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बन्नुभएको छ ।

यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध हुनुभएको छ । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।

वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।

यस्तै यता डोल्पाको फोक्सुण्डो गाउँपालिकामा एमालेका तर्फबाट मात्रै निर्विरोध मनोनयनपत्र दर्ता भएको छ ।एमालेका उमेदवार धावा सम्दुक गुरुङको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय फोक्सुण्डोले जनाएको छ ।

गुरुङ एमाले डोल्पाका पार्टी उपसचिव समेत हुन्। त्यस्तै, काम, मिसन भिजन भन्दा पनि बोल्ने कला जानेकै कारण युवा उमेरमै पार्टीको महामन्त्री बन्न सफल नेपाली कांग्रेसका युवा नेता हुन् गगन थापा।

गगन वाक कलाकै कारण मिडियाको केन्द्र बन्दै आएका छन् अर्थात यसो भनौं उनले बोलेको भाषण भाइरल हुने गरेको छ। यसैबीच, कांग्रेसको घोषणा–पत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले कांग्रेसको घोषणापत्रमा एकपछि अर्को झुटको पर्दाफास भएपछि ओली आक्रोशित भएको टिप्पणी गरेका हुन्।

महामन्त्री थापाले ओलीलाई लजिक मन नपर्ने र म्याजिक मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणा–पत्रमा लजिक मात्र भएकाले मन नपरेको पनि बताए। थापाले आफ्ना पार्टीका कार्यकर्ताले घोषणा–पत्र पढ्न नभ्याएको भएपनि ओलीले राति–राति पढेर आलोचना गरेको जिकिर गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न र धेरै आवेगमा नआउन पनि सुझाव दिए।

एमाले भनेको समृद्धि र कांग्रेसले भनेको सम्मुनत नेपालको परिभाषा नै फरक रहेको दाबी गर्दै उनले समयले भ्याएको बेला ट्युसन पढाउन बालकोट जाने बताएका छन् । गगनको अभिव्यक्तीपछि बालकोट निकट अर्थात ओलीका दाहिने हात मानिने नेताहरुले रोस प्रकट गरिरहेका छन्। महेश बस्नेत देखि शेर बहादुर तामाङसम्मले गगनलाई निकै कडा जवाफ फर्काएका छन्।

एमाले पोलिटब्युरो सदस्य काउण्टर जवाफ दिँदै नेता बस्नेतले महामन्त्री थापालाई कांग्रेसबाट उम्मेद्वार छनौट प्रकृयामा पार्टीको निर्णयलाई अस्वीकार गर्दै देशभर बागी बिद्रोही हाल्ने आफ्ना साथीहरुलाई सम्झाउन आग्रह गरे।

ब्रेक फेलभएको तथा भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउँमा ल्याउन महामन्त्री थापालाई आग्रह गर्दै नेता बस्नेतले कांग्रेसले स्थानीय तहका निर्वाचनको लागि टिकट वितरणमा आर्थिक लेनदेन, धाँदली, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएत जिल्लामा कुटाकुट गर्ने उम्मेद्वार अनि प्रचाण्डेग्रेस, माधबाग्रेस, उपेन्द्ग्राग्रेस हुन नसकेर देशभर बागी बिद्रोही हालेको स्मरण गराए।

उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, टिकट वितरण प्रकृयामा आर्थिक लेनदेन, धाँदली, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएत जिल्लामा कुटाकुट गर्ने उम्मेद्वार अनि प्रचाण्डेग्रेस, माधबाग्रेस, उपेन्द्ग्राग्रेस हुन नसकेर देशभर बागी बिद्रोही हाल्ने साथीहरुलाई सम्झाउन छाडेर, ब्रेक फेलभएको।

भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउँमा ल्याउन छाडेर बा र गुरु सरहका नेतालाई ट्युसन पढाउन मन लागेछ मेरो मित्र गगन जि लाई। बोको बड्यो भने मुखमा गर्छ भन्थे, हो रहेछ। यस्तै एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

एक जना बबुरो बर्बराउँछ र भन्छ–केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु। साँच्चै ट्युसन पढाउन आयो भने ज्याला ट्युसन फी त दिनु नै पर्ला’, तामाङले लेखेका छन्, ‘ज्यालाचाहिँ के दिने होला? लौ न बताइदिनुहोला, कमसेकम हामीलाई सजिलो हुनेछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ