आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी उपराष्ट्रपतिको अबस्था गम्भीर, कसरी घट्यो घटना ?

प्रकाशित
7.7K
SHARES

एजेन्सी। अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। अन्तराष्ट्रिय संचारमाध्यम हरुका अनुसार ह्यारिसको अबस्था गम्भीर बनेको समाचारमा जनाईएको छ।

शङ्का लागेपछि मंगलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। उहाँलाई कुनै ठोस लक्षण नदेखिएको पनि स्वास्थ्य अबस्था भने गम्भीर बनेको छ।

उहा आइसोलेसनमा बस्नु भएको छ,” उनका प्रवक्ताले भनेका जारि गरेको प्रेस नोटमा उलल्ले गरेका छन्।प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेको उल्लेख गरिएको छ।

उनी राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिएका छन्। अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी निर्देशिकाको ५७ वर्षिया उपराष्ट्रपति ह्यारिसले पूर्ण पालना गरेको र नियमित स्वास्थ्य परीक्षण पनि गराइरहेको उनको कार्यालयले जनाएको छ।

चीनमा कोरोना भाइरसका संक्रमित बढ्दैचीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ। चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन्।

चीनको राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन्। गएको २४ घन्टामा मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८ सय १८ जना पुगेको छ ।

यी मध्ये चीनको सांघाई सहरमा मात्र १ हजार ६ सय ६ जना रहेका बताइएको छ ।चीनको सांघाई सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । त्यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेको जनाइएको छ ।

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम: दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।उक्त घटनलाई लिएर प्रहरीमा उजुरी गरिएको छ ।

रथ चलाउने जेनरेटर सडकको घुम्तीमा अडकिएको उद्धार सेवाका अधिकारी भानुप्रियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाइभोल्टेजको तारसँग छोइएको थियो ।

सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्ड अघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए ।

राष्ट्रसंघ महासचिवद्वारा युक्रेनमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त: संयुक्त राष्ट्रसंघका महासचिवले युक्रेनमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेका छन् । रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले रुसी आक्रमणका कारण युक्रेनमा उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेका हुन् ।

टर्कीको भ्रमण सकेर उनी मंगलबार रुस पुगेका हुन् । रुसमा रहँदा महासचिव गुटेरेजले विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग पनि भेटवार्ता गरेका थिए। राष्ट्रपति पुटिनसँगको भेटवार्ताका क्रममा गुटेरेजले रुसी आक्रमणले युक्रेनको भौगोलिक अखण्डता एवम् सार्वभौमिकताको उल्लंघन भएको बताएका थिए ।

साथै उनले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा फसिरहेका मानिसहरुको उद्धारका लागि पनि पुटिनसमक्ष आग्रह गरेका थिए ।जवाफमा राष्ट्रपति पुटिनले रुसी सेनाले सो क्षेत्रमा मानवीय करिडोरको प्रस्ताव गरेको बताउँदै उल्टै युक्रेनी फौजले सर्वसाधारणलाई मानव ढालको रुपमा प्रयोग गरेको आरोप लगाए ।

यद्यपि त्यहाँबाट संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस समितिको रोहबरमा एजोभस्तल क्षेत्रबाट उद्धार कार्य गर्न दिन पुटिनले ‘सैद्धान्तिक’ सहमति जनाएको जर्मन टेलिभिजन च्यानल डीडब्लूले जनाएको छ ।भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्वको समाधान वार्ताको माध्यमबाटै हुने अझै आशा रहेको बताएका थिए ।

सैनिक कारवाही जारी रहेको वास्तविकताका बावजुद हामी कूटनीतिक माध्यमबाट सहमतिमा पुग्छौँ भन्ने हाम्रो अपेक्षा छ ।’ पुटिनलाई उद्धृत गर्दै रेडियो फ्रि युरोपले जनाएको छ ।यक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट: यक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन् । बुधबार बिहान युक्रेनसँग सीमा जोडिएका रुसका तीन क्षेत्रहरुमा श्रृङ्खलाबद्ध विष्फोट भएको हो ।

रुसको कुर्स्क क्षेत्रका गभर्नर रोमन स्टारोभोयटले कुर्स्क शहरमा विष्फोट भएको जनाएका छन् । यद्यपि यस विष्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।त्यसैगरी युक्रेनसँग सीमा जोडिएको भोरोनेज क्षेत्रको राजधानी शहरमा पनि दुई विष्फोट भएको रुसको तास समाचार संस्थाले जनाएको छ ।

अर्कोतर्फ युक्रेनसँग सीमा जोडिने रुसको बेल्गोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले स्टाराया नेलिदोभ्का गाउँमा रहेको गोलीगठ्ठा भण्डारणमा आगलागी भएको जनाएका छन् । यद्यपि यस घटनामा कुनै मानवीय क्षति नभएको र आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि रुसले बेल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी पक्षले आक्रमण गरेको आरोप लगाएको थियो ।यसबाहेक पछिल्ला केही दिनयता युक्रेनसँग सीमा जोडिएका रुसका पश्चिमी क्षेत्रमा रहेका पूर्वाधारहरूमा आगलागी, विष्फोटजस्ता घटना सार्वजनिक हुने गरेका छन् ।

यद्यपि यस्ता घटनाबारे युक्रेनले हालसम्म कुनै टिप्पणी नगरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।बेलायतले युक्रेनलाई आफ्नो मुलुकविरुद्ध आक्रमण गर्न उक्साएको रुसको आरोप बेलायतले आफ्नो मुलुकविरुद्ध आक्रमण गर्न युक्रेनलाई उक्साएको रुसले आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो।

‘किभको सत्तालाई यस्तो गतिविधि गर्न लण्डनले उक्साइरहेको छ, यस्तो गर्न खोजेको खण्डमा तत्कालै सोही अनुपातमा हामी प्रतिक्रिया जनाउनेछौँ ।’ रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ।

रक्षा मन्त्रालयले लामो दूरीको लक्षित निशानामा सटीक मार हान्न सक्ने हतियारबाट’ किभमा रहेको ‘सम्बन्धित निर्णय लिइने केन्द्रमा’ हमला गर्न रुसी फौज तयार रहेको समेत चेतावनी दिएको छ ।यसअघि बेलायती रक्षामन्त्री जेम्स हिप्पेले रुसी फौजको आपूर्ति रोक्न युक्रेनले गर्ने आक्रमण जायज रहेको टिप्पणी गरेका थिए।

रुसद्वारा बुल्गेरिया र पोल्यान्डमा ग्यास आपूर्ति बन्द: रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो ।

पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् । पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेको जनाएको छ । तर, तत्काल भण्डार आवश्यक नभएको र आफ्नो ग्यास भण्डारण ७६ प्रतिशत रहेको पोल्यान्डले प्रष्ट पारेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन्। सोही बमोजिम केही खरीदकर्ताहरूले रुबलमा रुसी ग्यासको भुक्तानी पनि गरेको जनाइएको छ ।क्रेमलिनको कट्टर विरोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाउने युरोपेली देशहरूमध्ये एक हो।

रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुनासो गरेको छ। उसले टर्की र ग्रिसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ।

पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि अर्ली निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन आयोगले आगामी वर्षको मेसम्म निर्वाचन गर्न नसकिने जनाएको हो।

पाकिस्तानमा नयाँ जनगणना केही सातापछि सुरु हुन लागेको र त्यसको नतिजा आएपछि मात्र निर्वाचन गर्न सकिने आयोगले संकेत गरेको छ। सातौं जनगणना १ अगस्टबाट सुरु हुने र त्यसको नतिजा यस वर्षको ३१ डिसेम्बरसम्ममा आउने योजना, विकास र विशेष पहल मन्त्रालयबाट १८अप्रिलमा पत्र प्राप्त गरेको आयोगले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

तसर्थ, नयाँ जनगणनाको आधारमा निर्वाचन गराउन आफू संवैधानिक रूपमा बाध्य हुने आयोगले प्रष्ट पारेको छ। यसअघि सन् २०१७ मा जनगणना भएको थियो ।शहबाज खान नेतृत्वको वर्तमान सरकारले भने चुनावबारे केही बताएको छैन।

प्रतिक्रिया