आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय सेनाले एके ४७ राइफलमा गर्यो अनौठो उपकरण जडान

प्रकाशित
337
SHARES

काठमाडौं। भारतले आफ्ना सैनिकलाई उपलब्ध गराइएको एके ४७ राइफलको स्तरोन्नति गर्ने भएको छ। राइफलमा थप अत्याधुनिक उपकरण जडान गरी एके ४७ को स्तरोन्नति गरिएको हो।

भारतको बैङग्लोरमा रहेको एसएसएस डिफेन्स नामक कम्पनीले एके ४७ राइफलका लागि नयाँ अझ बलियो स्टक र धुलो छेक्ने उपकरण भारतीय सेनालाई उपलब्ध गराएको हो।

यसबाट भारतीय सैनिकले यस राइफलमा निशाना लगाउन सहयोग गर्ने उपकरण जडान गर्न मिल्ने भारतको अनलाइन अखबार द प्रिन्टले जनाएको छ।

त्यस्तै,दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन्। उक्त घटनलाई लिएर प्रहरीमा उजुरी गरिएको छ।

रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाइभोल्टेजको तारसँग छोइएको थियो।

सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन्। रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए।

त्यस्तै, राइफलको अग्रभागमा पनि बाइपड राख्न मिल्नेगरी स्तरोन्नति गरिएको द प्रिन्टले जनाएको छ। यसबाहेक गोली चलाउने बेला हातलाई जोगाउने उपकरण पनि भारतीय एके ४७ मा थप गरिएको जनाइएको छ।

बेलायतले आफ्नो मुलुकविरुद्ध आक्रमण गर्न युक्रेनलाई उक्साएको रुसले आरोप लगाएको छ। रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

किभको सत्तालाई यस्तो गतिविधि गर्न लण्डनले उक्साइरहेको छ, यस्तो गर्न खोजेको खण्डमा तत्कालै सोही अनुपातमा हामी प्रतिक्रिया जनाउनेछौँ। रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ।

रक्षा मन्त्रालयले लामो दूरीको लक्षित निशानामा सटीक मार हान्न सक्ने हतियारबाट’ किभमा रहेको सम्बन्धित निर्णय लिइने केन्द्रमा हमला गर्न रुसी फौज तयार रहेको समेत चेतावनी दिएको छ।

यसअघि बेलायती रक्षामन्त्री जेम्स हिप्पेले रुसी फौजको आपूर्ति रोक्न युक्रेनले गर्ने आक्रमण जायज रहेको टिप्पणी गरेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ